• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

८४ को निर्वाचनलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : सचिव बुढा

  •   बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा यतिबेला माओवादी केन्द्रले वडा र पालिकाका अधिवेशनहरु गरिरहेको छ । केही जिल्लामा वडा र पालिकाका सम्मेलनहरु पनि सकिसकेको छ । हाल पार्टी गरिरहेका गतिविधि,आगामी योजना लगायतका बिषयमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सचिव जनकबहादुर बुढासँग  निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

सुदूरपश्चिममा माओवादी पार्टीको अवस्था कस्तो छ ?
पार्टीको अधिवेशन भएको तीन वर्ष भयो । गत मंसिर १२ गतेदेखि प्रदेशका नौवटै जिल्लाहरुमा वडा र पालिकाको अधिवेशनको कार्यक्रम चलिरहेको छ । हालसम्म ३२/३३ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ । दार्चुला,बझाङ र कैलालीले करिब वडा र पालिकाको अधिवेशन सम्पन्न गरिसकेका छन् । डडेल्धुरा,डोटी र बैतडीले करिब आधा पालिकाको अधिवेशन गरिसकेका छन् । कञ्चनपुर,अछाम र बाजुरामा चाहिँ अहिले वडा अधिवेशनको काम तीब्र गतिमा भइरहेको छ । पुस महिना भित्रै ८८ वटै पालिकाको र त्यो अन्तरगतका वडाहरुको अधिवेशन,पार्टी सदस्यता नवीकरण र पालिका अधिवेशनको काम टुङ्ग्याउने प्रकृयामा लागेका छौँ ।

प्रदेशको अधिवेशन कहिले हुन्छ ?
प्रदेशको समयावधि पुसमा सकिँदै छ । पुस २१ गतेदेखि पार्टी केन्द्रीय समितिको बैठक काठमाण्डौँमा बस्दैछ । मलाई लाग्छ केन्द्रीय समितिको बैठकले सबै प्रदेश समितिको अधिवेशनको मिति टुङ्ग्याउला ।

प्रदेशमा अबको नेतृत्व कस्तो आउला ?
अहिले हामीले जे जति उपलब्धि हासिल गरेका छौँ यो सबै अध्यक्ष हरिराम चौधरीलगायतको नेतृत्वमा भएका छन् । व्यक्तिगत टिकाटिप्पणी त कतिपयप साथीहरुबाट आग्रह पूर्वाग्रहले गर्छन होला । एउटा उत्पीडित र उपेक्षित समुदायकबाट वर्गसंघर्षको भट्टीबाट आएको सक्षम नेतृत्व नै हो उहाँ(हरिराम चौधरी) । यो बीचमा उहाँहरु कै नेतृत्वमा २०७४ मा स्थानीय तहमा हासिल गर्न नसकेको उपलब्धी २०७९ को निर्वाचनमा थप गर्न सकेका थियौँ ।

संगठनात्मक गतिविधि पनि तुलनात्मक ढंगले सशक्त रुपले अघि बढिरहेका छन् । सबै क्षेत्रमा हेर्दाखेरी अहिलेको हाम्रो नेतृत्वकै कारणले गर्दाखरी अगाडि बढेका छौँ । यसपछिको नेतृत्व कसले कसरी गर्छ भन्ने बिषयमा छलफल भइसकेको छैन् । खास गरेर पार्टी केन्द्र र हाम्रो अध्यक्षको स्प्रिड के देखिन्छ भने सबै माथि मात्रै जान थाले एक पटक तल फर्कौ । हामीले पनि प्रदेशमा के भनेका छौँ भने चार सय बढी प्रदेश कमिटीको सदस्य संख्या छ । हाम्रो विधानले एक सय २५ जना प्रदेश कमिटीको सदस्य संख्या निर्धारण गरेको छ । दुई तिहाइ प्रदेश कमिटी सदस्य संख्या तल पालिकामा एडजस्ट नहुने हो भने बेरोजगार हुने अवस्था छ । साथीहरु पालिका एउटा महत्वपूर्ण ठाउँ हो त्यहाँ तपाइहरुले एडजस्ट हुनुपर्छ भनेका छौँ । प्रदेशमा ७९ जना केन्द्रीय समितिका सदस्य छन् । दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बन्छ । बढीभन्दा बढी यो प्रदेशबाट १५/२० जना जाने हो । बाँकी यहाँको दुई तिहाइ केन्द्रीय सदस्य कहिँ न कहिँ व्यवस्थापन हुनुपर्छ । त्यसैले माथिबाट तल आउने कुरा पनि हुन सक्छ । त्यो भएकाले म उ भन्दा पनि भोलि परिस्थिति कस्तो आउँछ । त्यो अनुसार अगाडि बढ्ने कुरा होला । पार्टी केन्द्रका पनि निर्देशन रहला । कार्यकर्ताका भावनाका कुरा पनि होलान ।

भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको नतिजाबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
हाम्रो प्रदेशको हकमा हामीले परिणाम त निकाल्न सकेनौँ । हामीले हिजोको दिनमा एउटा गठबन्धनमा दार्चुलाको दुहुमा हामीले जितेको वडा हो । बझाङको सुर्मा–४ मा अघिल्लो निर्वाचनमा उम्मेदावारै पाएको वडा हैन् । डोटीमा पनि एकदम कमजोर ठाउँ हो । कञ्चनपुरमा पनि त्यस्तै प्रकृतिका कमजोर ठाउँ हुन् । हाम्रा असाध्यै कमजोर ठाउँमा हामी यतिवेला चुनाव लडेका थियौँ । नतिजा निकाल्न नसके पनि उम्मेवार नपाएका ठाउँमा उम्मेदवार पायौँ । एक्लै लड्दा पनि मत चाहीँ घटेको छैन् । देशभरीको नतिजा हेर्दा राम्रो आएको छ ।

तीन महिने जनतासँग माओवादी रुपान्तरण अभियानले कस्तो प्रभाव पा¥यो ?
हामीले एक वर्ष पहिले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले असाध्यै प्रभाव पारेको छ । त्यसले संगठन नबनेको ठाउँमा पनि हाम्रो संगठन बन्यो । एक जिल्लाबाट अर्को जिल्ला,एउटा पालिकाबाट अर्को पालिका कार्यकर्ताहरुको पनि विन्यास भयो । शान्ति प्रकृयामा आइसकेपछि माओवादीले अन्तर जिल्ला,अन्तरपालिकामा कार्यविभाजन तर्जमा गरेको पहिलो पटक हो ।
देशभरीको अहिलेको उपनिर्वाचनको परिणाम त्यसको प्रभाव पनि हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको १८ महिने कार्यकालमा गरेका राम्रा काम कारबाहीको परिणाम पनि हो । यो अभियानले खासमा सकरात्मक नतिजा ल्यायो ।

जनताको निराशालाई आशामा बदल्ने यहाँको पार्टीले कस्तो कदम चाल्छ ?
यो समग्रको पार्टीको नीतिसँग सम्बन्धित कुरा हो । स्थानीय तहको कडीलाई नै जोड्दाखेरी अहिले जुन ठाउँमा स्थानीय तहको उपनिर्वाचन भयो यस्ले माओवादी पार्टी पंतिमा ठूलो उत्साह ल्यायो । माओवादी सक्कियो कसैको टेको नटेकी चुनावै लड्न सक्दैन्, विपक्षी र बिरोधीहरुले यसपछिको चुनावमा माओवादीलाई भूगोलमा होइन् गुगलमा खोज्नुपर्छ भन्ने अफवाह फैलाइरहेको अवस्थामा चाहिँ अब माओवादी आफ्नै सामथ्र्यमा चुनाव लड्न सक्ने शक्ति हो भन्ने पनि प्रमाणित गरेको छ । कसैले केही नभने पनि कार्यकर्ताहरुमा यो परिणामले एउटा उत्साह ल्याएको छ ।

यो परिणामले माओवादीले भन्ने मात्र होइन् कांग्रेस र एमालेको तुलनामा मौका पायो भने काम गर्न सक्दो रहेछ भन्ने हाम्रो नेतृत्वको सरकारले १८ महिने अवधिमा सुशासनको पक्षमा,भष्ट्राचार नियन्त्रणको पक्षमा लगायत विभिन्न जुन दर्जनौ काम गरे त्यसको परिणाम हो ।
हामी जनताकै बीचमा छौँ । जनताकै पक्षमा छौँ । व्यक्तिगत रुपमा अहिले हामी पार्टी संगठनकै काममा जुटिरहेका छौँ ।

आगामी योजना के छन् ?
तत्काल हामी अधिवेशन कै प्रकृयाबाट अगाडि बढेका छौँ । समग्र देशको चित्र कसरी अगाडि बढ्छ । पार्टीलाई कसरी अगाडि बढाउने,आगमी कार्यक्रम के गर्ने भन्ने यही २१ गतेदेखि काठमाण्डौँमा हुने केन्द्रीय समितिको बैठकले नै कार्ययोजना तर्जुमा गर्छ । केन्द्रीय समितिले कार्ययोजना तयार गरेपछि त्यसलाई कार्यान्वय गर्ने पट्टी हामी लाग्छौँ । मलाई लाग्छ देशभरी माओवादी प्रतिको जागरण पैदा हुन्छ । ०८४ लाई केन्द्रमा राखेर अहिलेको सरकारका गलत कदमको भण्डाफोर गर्ने,जनपरिचालन,कार्यकर्ता परिचालन गर्ने, आफ्नो शक्तिलाई सुदृढ गर्ने प्रकारको योजना बन्छ जस्तो लाग्छ ।

  • सचिव बुढा
बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कांग्रेस संसदीय दलद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख बढी सहयोग
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

अछाममा भरुवा बन्दुक बरामद

लागुऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.