• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

८४ को निर्वाचनलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : सचिव बुढा

  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशमा यतिबेला माओवादी केन्द्रले वडा र पालिकाका अधिवेशनहरु गरिरहेको छ । केही जिल्लामा वडा र पालिकाका सम्मेलनहरु पनि सकिसकेको छ । हाल पार्टी गरिरहेका गतिविधि,आगामी योजना लगायतका बिषयमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सचिव जनकबहादुर बुढासँग  निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

सुदूरपश्चिममा माओवादी पार्टीको अवस्था कस्तो छ ?
पार्टीको अधिवेशन भएको तीन वर्ष भयो । गत मंसिर १२ गतेदेखि प्रदेशका नौवटै जिल्लाहरुमा वडा र पालिकाको अधिवेशनको कार्यक्रम चलिरहेको छ । हालसम्म ३२/३३ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ । दार्चुला,बझाङ र कैलालीले करिब वडा र पालिकाको अधिवेशन सम्पन्न गरिसकेका छन् । डडेल्धुरा,डोटी र बैतडीले करिब आधा पालिकाको अधिवेशन गरिसकेका छन् । कञ्चनपुर,अछाम र बाजुरामा चाहिँ अहिले वडा अधिवेशनको काम तीब्र गतिमा भइरहेको छ । पुस महिना भित्रै ८८ वटै पालिकाको र त्यो अन्तरगतका वडाहरुको अधिवेशन,पार्टी सदस्यता नवीकरण र पालिका अधिवेशनको काम टुङ्ग्याउने प्रकृयामा लागेका छौँ ।

प्रदेशको अधिवेशन कहिले हुन्छ ?
प्रदेशको समयावधि पुसमा सकिँदै छ । पुस २१ गतेदेखि पार्टी केन्द्रीय समितिको बैठक काठमाण्डौँमा बस्दैछ । मलाई लाग्छ केन्द्रीय समितिको बैठकले सबै प्रदेश समितिको अधिवेशनको मिति टुङ्ग्याउला ।

प्रदेशमा अबको नेतृत्व कस्तो आउला ?
अहिले हामीले जे जति उपलब्धि हासिल गरेका छौँ यो सबै अध्यक्ष हरिराम चौधरीलगायतको नेतृत्वमा भएका छन् । व्यक्तिगत टिकाटिप्पणी त कतिपयप साथीहरुबाट आग्रह पूर्वाग्रहले गर्छन होला । एउटा उत्पीडित र उपेक्षित समुदायकबाट वर्गसंघर्षको भट्टीबाट आएको सक्षम नेतृत्व नै हो उहाँ(हरिराम चौधरी) । यो बीचमा उहाँहरु कै नेतृत्वमा २०७४ मा स्थानीय तहमा हासिल गर्न नसकेको उपलब्धी २०७९ को निर्वाचनमा थप गर्न सकेका थियौँ ।

संगठनात्मक गतिविधि पनि तुलनात्मक ढंगले सशक्त रुपले अघि बढिरहेका छन् । सबै क्षेत्रमा हेर्दाखेरी अहिलेको हाम्रो नेतृत्वकै कारणले गर्दाखरी अगाडि बढेका छौँ । यसपछिको नेतृत्व कसले कसरी गर्छ भन्ने बिषयमा छलफल भइसकेको छैन् । खास गरेर पार्टी केन्द्र र हाम्रो अध्यक्षको स्प्रिड के देखिन्छ भने सबै माथि मात्रै जान थाले एक पटक तल फर्कौ । हामीले पनि प्रदेशमा के भनेका छौँ भने चार सय बढी प्रदेश कमिटीको सदस्य संख्या छ । हाम्रो विधानले एक सय २५ जना प्रदेश कमिटीको सदस्य संख्या निर्धारण गरेको छ । दुई तिहाइ प्रदेश कमिटी सदस्य संख्या तल पालिकामा एडजस्ट नहुने हो भने बेरोजगार हुने अवस्था छ । साथीहरु पालिका एउटा महत्वपूर्ण ठाउँ हो त्यहाँ तपाइहरुले एडजस्ट हुनुपर्छ भनेका छौँ । प्रदेशमा ७९ जना केन्द्रीय समितिका सदस्य छन् । दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बन्छ । बढीभन्दा बढी यो प्रदेशबाट १५/२० जना जाने हो । बाँकी यहाँको दुई तिहाइ केन्द्रीय सदस्य कहिँ न कहिँ व्यवस्थापन हुनुपर्छ । त्यसैले माथिबाट तल आउने कुरा पनि हुन सक्छ । त्यो भएकाले म उ भन्दा पनि भोलि परिस्थिति कस्तो आउँछ । त्यो अनुसार अगाडि बढ्ने कुरा होला । पार्टी केन्द्रका पनि निर्देशन रहला । कार्यकर्ताका भावनाका कुरा पनि होलान ।

भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको नतिजाबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
हाम्रो प्रदेशको हकमा हामीले परिणाम त निकाल्न सकेनौँ । हामीले हिजोको दिनमा एउटा गठबन्धनमा दार्चुलाको दुहुमा हामीले जितेको वडा हो । बझाङको सुर्मा–४ मा अघिल्लो निर्वाचनमा उम्मेदावारै पाएको वडा हैन् । डोटीमा पनि एकदम कमजोर ठाउँ हो । कञ्चनपुरमा पनि त्यस्तै प्रकृतिका कमजोर ठाउँ हुन् । हाम्रा असाध्यै कमजोर ठाउँमा हामी यतिवेला चुनाव लडेका थियौँ । नतिजा निकाल्न नसके पनि उम्मेवार नपाएका ठाउँमा उम्मेदवार पायौँ । एक्लै लड्दा पनि मत चाहीँ घटेको छैन् । देशभरीको नतिजा हेर्दा राम्रो आएको छ ।

तीन महिने जनतासँग माओवादी रुपान्तरण अभियानले कस्तो प्रभाव पा¥यो ?
हामीले एक वर्ष पहिले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले असाध्यै प्रभाव पारेको छ । त्यसले संगठन नबनेको ठाउँमा पनि हाम्रो संगठन बन्यो । एक जिल्लाबाट अर्को जिल्ला,एउटा पालिकाबाट अर्को पालिका कार्यकर्ताहरुको पनि विन्यास भयो । शान्ति प्रकृयामा आइसकेपछि माओवादीले अन्तर जिल्ला,अन्तरपालिकामा कार्यविभाजन तर्जमा गरेको पहिलो पटक हो ।
देशभरीको अहिलेको उपनिर्वाचनको परिणाम त्यसको प्रभाव पनि हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको १८ महिने कार्यकालमा गरेका राम्रा काम कारबाहीको परिणाम पनि हो । यो अभियानले खासमा सकरात्मक नतिजा ल्यायो ।

जनताको निराशालाई आशामा बदल्ने यहाँको पार्टीले कस्तो कदम चाल्छ ?
यो समग्रको पार्टीको नीतिसँग सम्बन्धित कुरा हो । स्थानीय तहको कडीलाई नै जोड्दाखेरी अहिले जुन ठाउँमा स्थानीय तहको उपनिर्वाचन भयो यस्ले माओवादी पार्टी पंतिमा ठूलो उत्साह ल्यायो । माओवादी सक्कियो कसैको टेको नटेकी चुनावै लड्न सक्दैन्, विपक्षी र बिरोधीहरुले यसपछिको चुनावमा माओवादीलाई भूगोलमा होइन् गुगलमा खोज्नुपर्छ भन्ने अफवाह फैलाइरहेको अवस्थामा चाहिँ अब माओवादी आफ्नै सामथ्र्यमा चुनाव लड्न सक्ने शक्ति हो भन्ने पनि प्रमाणित गरेको छ । कसैले केही नभने पनि कार्यकर्ताहरुमा यो परिणामले एउटा उत्साह ल्याएको छ ।

यो परिणामले माओवादीले भन्ने मात्र होइन् कांग्रेस र एमालेको तुलनामा मौका पायो भने काम गर्न सक्दो रहेछ भन्ने हाम्रो नेतृत्वको सरकारले १८ महिने अवधिमा सुशासनको पक्षमा,भष्ट्राचार नियन्त्रणको पक्षमा लगायत विभिन्न जुन दर्जनौ काम गरे त्यसको परिणाम हो ।
हामी जनताकै बीचमा छौँ । जनताकै पक्षमा छौँ । व्यक्तिगत रुपमा अहिले हामी पार्टी संगठनकै काममा जुटिरहेका छौँ ।

आगामी योजना के छन् ?
तत्काल हामी अधिवेशन कै प्रकृयाबाट अगाडि बढेका छौँ । समग्र देशको चित्र कसरी अगाडि बढ्छ । पार्टीलाई कसरी अगाडि बढाउने,आगमी कार्यक्रम के गर्ने भन्ने यही २१ गतेदेखि काठमाण्डौँमा हुने केन्द्रीय समितिको बैठकले नै कार्ययोजना तर्जुमा गर्छ । केन्द्रीय समितिले कार्ययोजना तयार गरेपछि त्यसलाई कार्यान्वय गर्ने पट्टी हामी लाग्छौँ । मलाई लाग्छ देशभरी माओवादी प्रतिको जागरण पैदा हुन्छ । ०८४ लाई केन्द्रमा राखेर अहिलेको सरकारका गलत कदमको भण्डाफोर गर्ने,जनपरिचालन,कार्यकर्ता परिचालन गर्ने, आफ्नो शक्तिलाई सुदृढ गर्ने प्रकारको योजना बन्छ जस्तो लाग्छ ।

  • सचिव बुढा
बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.