धनगढी । सुदूरपश्चिम प्रदेश उसु संघको आयोजना धनगढीमा आइतबारबाट ‘प्रथम निता स्मृति राष्ट्रिय उसु (सान्दा) प्रतियोगिता २०८१’ को सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रतियोगिताको उद्घाटन गरेकी छन् । प्रतियोगितामा सातवटै प्रदेश,नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरी गरी १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
तस्बिर निशाना न्युज





















