कैलाली । धनगढी उपमहानगरपालिकाले शूरु गरेको हाम्रो-धनगढी-सफा-धनगढी ,हाम्रो-धनगढी-हामी-बनाउछौं अभियान अन्र्तगत धनगढी १३ को हिमाली टोलमा सरसफाई गरिएको छ ।
हिमाली टोलका सामाजिक परिचालक कौशिल्या ओझाको नेतृत्वमा सरसफाइ गरिएको हो । साथै आमा समुह, टोल विकास संस्था र स्थानीयहरुको सहभागितामा सरसफाई अभियान शुरु गरिएको स्थानिय पुर्ण थापाले निशाना न्युजलाई जानकारी दिए ।















