• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ९. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

अर्जुन ट्रफीः अत्तरिया उपाधि नजिक

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

कैलाली । सिवाईसी अत्तरिया क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा डिसिए धनगढीमाथि रोमाञ्चक जित हात पार्दै अत्तरिया उपाधि नजिक पुगेको हो ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा डिसिए धनगढीमाथि ६ विकेटको जित सहित अत्तरिया उपाधि नजिक पुगेको हो । सिवाईसी अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाईनल खेल सोमबार दिउँसो फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
आईतबार भएकोदोस्रो सेमिफाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सवै विकेट क्षतिमा एक सय ८ रन मात्रै बनाउन सक्यो ।

धनगढीका लागि मिलन बोहोराले १८ बलमा २८ रन बनाए । अभिषेक पालले २७ रन, दिपेन्द्र सिंह ऐरीले १५ रन र राहुल भण्डारीले १३ रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन नसकेको अवस्थामा डिसिए धनगढीका ४ खेलाडी शुन्यमा आउट भए । अत्तरियाका लागि विवेक उदव र कमल गुप्ताले दुई दुई विकेट लिए । दिपेश कँडेल, रसिद खान र साहव आलमले एक एक विकेट लिए ।
एक सय ९ रनको लक्ष्य बोकेर मैदान उत्र्रिएको सिवाईसी अत्तरियाले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । अत्तरियाका लागि शंकर रानाले अर्धशतक सहित अविजित ५६ रन बनाए ।

५५ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । टीमका लागि दिपेश कँडेलले २४ रन बनाए । शंकरले दिपेशसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी समेत गरे । अत्तरियाका लागि भीम सार्कीले १६ रन बनाए ।

डिसिए धनगढीका लागि हिक्मत महराले दुई विकेट तथा ललीत राजवंशी र भोजराज भट्टले एक एक विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । अत्तरियाका लागि अविजित ५६ रनको पारी खेलेका शंकर राना नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली प्रतियोगिताको फाईनलका खेल हुनेछ ।नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

दशौ राष्ट्रियको छनोट खेल्न आएका बैतडीका हरिशले अर्जुन ट्रफीमा जिते नगद ५० हजार

क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिश भाटले नगद ५० हजार पुरस्कार जितेका छन् ।

आज भएको दोस्रो सेमिफाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका हरिशले ब्रेड बक्सको तर्फबाट नगद ५० हजार प्राप्त गरेका हुन् । ब्रेड बक्सले सेमिफाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद ५० हजार पुरस्कार घोषणा गरेको थियो ।
पहिलो सेमिफाईनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाईनल खेलमा हरिशले पहिलो क्याच गरेका हुन् ।

प्रतियोगिताभरीमा उनले पहिलो मैदान बाहिर गएको बल क्याच गरेका हुन् । उनी धनगढीमा भएको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता खेल्न हिजो मात्रै धनगढी आएका हुन् ।
एथलेटिक्स खेलाडी रहेका उनी जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन् । ज्याभलिङ थ्रो का खेलाडी हरिश साथीहरुले क्रिकेट हेर्न जाउ भनेपछि फाप्लामा आएको बताए ।

उडेर आएको बललाई पछाडी सरेर क्याच गर्न सफल भएको उनले बताए । नगद ५० हजार प्राप्त गरेका उनले त्यो रकमलाई आफ्नो खेलमा नै लगानी गर्ने बताए । उनले नगद ५० हजार सहित खल्तीको तर्फबाट एयर बड समेत पाएका छन् ।
प्रतियोगिताको फाईनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले नगद एक लाख प्राप्त गर्ने भएका छन् । त्यसका लागि दर्शकले टिकट काटेको हुनुपर्ने आयोजकले जनाएको छ ।

  • अत्तरिया उपाधि नजिक
आइतबार, माघ २७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहनेछ आजको मौसम ?
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ

समाचार

सबै

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

कस्तो रहनेछ आजको मौसम ?

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १९ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.