कैलाली । सिवाईसी अत्तरियाका विवेक यादव कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका छन ।
यादवको उत्कृष्ट प्रदर्शनको मदत्तले अत्तरिया प्रतियोगिताको च्याम्पियन भएको थियो । प्रतियोगिताभर उनले एक सय ५२ रन बनाए भने १० विकेट लिए । उनले नगद एक लाखसहित ट्रफी पाए ।
भुर्तेल उत्कृष्ट बलर र ब्याट्सम्यान
यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान डडेल्धुराका कुशल भुर्तेल भए । उनले पाँच खेलमा १३ विकेट लिएका थिए । एक सय ६८ रन बनाएका थिए ।
उनले पनि एक लाख नगदसहित ट्रफी पाए । यस्तै प्रतियोगितामा उदयमान खेलाडी भने डिसीए धनगढीका हिक्मत महरा भए ।
उनले नगद ५० हजारसहित ट्रफी पाए ।सोमबार भएको फाइनलमा अत्तरियाले डडेल्धुरालाई ३४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।














