सुदूरपश्चिम एकेडेमी (एसपीए) सुदूरपश्चिम प्रदेशकै एक अग्रणी शैक्षिक संस्था हो । गुणस्तरीय शिक्षा प्रदान गरिरहेको एसपीएमा कक्षा ११ देखि स्नातकोत्तरसम्मको पढाई भइरहेको छ । पछिल्लो समय एसपीए विद्यार्थीका लागि थप आकर्षणको शैक्षिक केन्द्र बन्दै गइरहेको छ । एसपीएको पछिल्लो शैक्षिक अवस्थालगायतका विषयमा क्याम्पस प्रमुख योगराज उपाध्यायसंग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसंग बिन्तीपत्र दैनिकका सह–सम्पादक पुस्कर पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
सुदूरपूर्वको मान्छे सुदूरपश्चिम एकेडेमीसँग कसरी जोडिनुभयो ?
मलाई सुदूरपश्चिम पहिलेदेखि नै असाध्यै मनपर्ने ठाउँ हो । यहाँको कला, संस्कृति, डेउडा गीतहरु, सुदूरपश्चिमको भाषा पनि मन पर्ने । त्यसैक्रममा एसपीए कलेजमा एउटा क्यापस प्रमुखको आवश्यकता देखिएकाले साथी भाइहरुको सिफारिसमा सुदूरपश्चिम एसपीए कलेजसँग जोडिन आइपुगेको हुँ ।
तपाईं आएपछि एसपीएमा धेरै सुधारहरु देखिन्छन् ? के–के सुधारहरु ल्याउने प्रयास गर्नुभयो ?
काम गदै जाँदा हामी कसरी काम गदैछौँ भने कुरा महत्वपूर्ण हुन्छ । एसपीए कस्तो छ, एसपीए कसरी अगाडि बढिरहेको छ, यसका विशेषताहरु के छन्, यसले कुन–कुन क्षेत्रमा आफूलाई स्थापित गर्न खोजिरहेको छ भने कुरा सरोकारवाला पक्ष, अभिभावक वर्ग, विद्यार्थी वर्ग र समाजको चौथौ अंग पत्रकारबन्धुहरुले मुल्यांकन गर्ने कुरा हो । म यहाँ आइसकेपछि एसपीए कलेजको गर्भिलो इतिहास बनाउन इतिहासलाई भजाएर अगाडि बढ्दैन । यो संस्थालाई नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ भने कुरा महत्वपूर्ण लाग्छ । त्यो कुरालाई अनुभूति गर्नका लागि यस संस्थाका अध्यक्षले संस्थालाई निरन्तर रुपले शैक्षिक संस्थालाई अगाडि बढाउन प्रयत्न गरिरहनुभएको छ । संस्थाका मेनेजिङ डाइरेक्टर फाप्ला इन्टरनेश्नल खेल ग्रामका अध्यक्ष सुवाश शाहीले काठमाडौँको शिक्षा यहाँ किन दिन सकिँदैन भनेर प्रयत्न गर्नुभयो र मलाई त्यो जिमेम्वारी दिनुभयो । त्यो जिम्मेवारीलाई आत्मसाथ गर्दै मैले जानेका काम गर्दै निरन्तर रुपमा यहाँहरुको बिचमा र अभिभावकको बिचमा काम गरिरहेको छु । विद्यार्थीहरु भनेको हाम्रा ‘कस्टमर’ र ‘स्टेकहोल्डर’हरु हुन् । म आफू आइसकेपछि अभिभावक र विद्यार्थीहरु हाम्रा ‘मेजर स्टेक होल्डर’ भएकाले विद्यार्थीहरुको समस्या के छ ? विद्यार्थीलाई कसरी राम्रो बनाउन सकिन्छ ? अभिभावकले गर्नु भएको लगानीको प्रतिफल दिनका लागि हाम्रो कलेजको सिस्टमलाई कसरी राम्रो बनाउन सकिन्छ भने कुरामा विद्यार्थीहरुका बिचमा गएँ । एसपीए आफैमा स्थापित नाम हुँदाहुँदै यसलाई विभिन्न विद्वानहरुको कर्मथलो र भिजिनरी लेक्चरहरुको संगमको रुपमा विकास गर्न लागिपरेँ ।
सुदूरपश्चिम क्षेत्रको शैक्षिक विकासका एसपीएले २५ वर्ष पूरा गरिसकेको छ । यहाँको शैक्षिक उन्नतीमा एसपीएको भूमिका कस्तो रह्यो ?
सुदूरपश्चिममा एसपीएमा नपढेको शिक्षक कमै होलान् । धनगढीदेखि सुदूरपश्चिमका अनगिन्ती बैंकहरुमा यहाँ पढेका बैंकरहरु हुनुहुन्छ । अनगिन्ती लोकसेवाको परीक्षा दिएर अफिसहरुमा काम गर्ने कर्मचारीहरु पनि एसपीएमा पढेको विद्यार्थी हुनुहुन्छ । प्राइभेट कम्पनिहरुमा काम गर्ने कर्मचारीहरु पनि एसपीएमा पढेका विद्यार्थी छन् । देशका विभिन्न कुन कुन्दारा र विदेशमा समेत एसपीएमा पढेका विद्यार्थीहरु नपुगेको ठाउँ छैन । त्यसकारण हामीले विगतमा यसरी योग्दान गरेका छौँ । डिपीएलको माध्यमबाट एसपीए कपको माध्यमबाट हामीले खेल क्षेत्रका लागि एसपीए कलेज देशमा नै गन्नेमान्ने कलेज भित्र पर्छ ।
एसपीए देशकै टप कलेजमध्येमा पर्दै राष्ट्रिय सम्मान पाएको थियो । के– के आधार थिए ?
हामीले हाम्रो विद्यार्थी संख्या, उत्पादन गरेको नतिजा, भौतिक पूर्वाधार इतिहासमा दिएको योग्दान नेतृत्वको निरन्तरता २५ वर्षदेखि दिएको योग्दान र वातावरणमा दिएको योग्दानलाई नै आधार मानेर प्रतिष्ठित कलेजका रुपमा उहाँहरुले सम्मान गर्नु भएको हो ।
“प्रफिनको गन्धका होइन पसिनाको गन्धमा विश्वास गर्ने विद्यार्थी बनाउनुपर्छ ।
जब मान्छे काममा विश्वास गर्छ तब मान्छे अनुशासित हुन्छ । उसको गेटअप र व्यक्तित्व
त्यतिकै राम्रो हुन्छ । उसको पढने बानीको विकास त्यतिकै राम्रो हुन्छ ।”
अनि अमेरिकामा हुने अन्तर्राष्ट्रिय अवार्डको लागि पनि कलेज मनोनयनमा परेको खबर आएको थियो । त्यसबारे बताईदिनुहोस् न ?
त्यो एउटा स्वतन्त्र संस्था हो । त्यो न्युवर्क सिटीमा रहेको छ । त्यो संस्थाले ससारभरीबाट वातावरणीय सन्तुलन, वातावरणीय विकास र वातावरणीय प्रवद्र्धनका लागि काम गर्ने विभिन्न संघ–संस्थाहरुलाई उनीहरुको कार्य योजना र कामलाई अधार मानेर त्यो किसिमको पुरस्कारका लागि आह्वान गर्छ । हामीले पाँच हजार भन्दा बढी शब्दमा हाम्रो कलेजले वातावरणीय योगदान, वातावरणीय सन्तुलन तयारी र कामका बारेमा हाम्रा रिपोर्ट पठायौँ । त्यसलाई उसले अध्ययन गर्यो । त्यो प्यारामीटर पुगेको हुँदा एसपीएलाई त्यो पुरस्कारका लागि छनोट गरेको हो । त्यही अभियान अन्तर्गत एक जना विद्यार्थी वातावरणीय सम्बन्धी कुराको एउटा अन्तराष्ट्रिय रुपको सम्मेलनमा जान काठमाडौँमा प्रतिशपर्धा गरिराख्नु भएको छ ।
पढाईका अलवा विद्यार्थीको व्यक्तित्व विकासका लागि एसपीएले विद्यार्थीलाई के–कस्ता कुरामा जोड दिन्छ ?
हाम्रो कलेजमा आउने विद्यार्थीको व्यक्तित्व निर्माण गर्दा विज्ञ व्यक्तिहरुबाट शिक्षा दिने गरेका छौँ । अन्तराष्ट्रिय व्यक्तिहरुलाई बोलाएर विद्यार्थीलाई शिक्षा दिने गरेका छौँ । व्यक्तित्व विकासका कामहरु विभिन्न संघ–सस्थाहरुसँग मिलेर उद्यमीका कामहरु गरिरहेका छौँ । हाम्रा १६ वटा क्लवहरुबाट विभिन्न गतिविधिहरु गरिरहेका छौँ । जसले एसपीएमा पढ्छ त्यसले आफूलाई ‘ओभरअल’ व्यक्तिका रुपमा सबल, सक्षम र निपूर्ण व्यक्तिका रुपमा आफूलाई निखारेर निस्कन सक्छ ।
तपाईं एसपीएका विद्यार्थीहरुलाई स्मार्ट एसपीएन बनाउने भन्दै हिड्नुभएको छ । स्मार्ट एसपीएन भन्नाले आफ्नो विद्यार्थीलाई कस्तो बनाउन खोज्नुभएको हो ?
विद्यार्थीको पहिलो कुरा उसले श्रममा विश्वास गर्नुपर्छ । प्रफिनको गन्धका होइन पसिनाको गन्धमा विश्वास गर्ने विद्यार्थी बनाउनुपर्छ । जब मान्छे काममा विश्वास गर्छ तब मान्छे अनुशासित हुन्छ । उसको गेटअप र व्यक्तित्व त्यतिकै राम्रो हुन्छ । उसको पढने बानीको विकास त्यतिकै राम्रो हुन्छ । एसपीएमा पढेको विद्यार्थी संसारको जुन कुनामा पनि आफ्नो कुरा राख्ने सही कुराको सही मुल्याकन गर्न सक्ने हुन्छ । त्यो कन्सेप्टलाई प्रविधिमैत्री बनाउने र संसारभरको रिसर्च गर्न र कसरी अगाडि जान सकिन्छ र संसारमा भएका सीपहरुलाई सिकाउन सकिन्छ भने मान्यतालाई स्थापित गरेर अगाडि जानका लागि स्मार्ट एसपीएनको कन्सेप्टबाट अगाडि बढिरहेका छौँ ।
तपाईं लामो समय काठमाडौंका विभिन्न नाम चलेका कलेजहरुमा अध्यापन तथा प्रशासन चलाएर आउनुभएको व्यक्ति । काठमाडौं र सुदूरपश्चिमको शिक्षामा के फरक छ ? सुदूरपश्चिममा पनि काठमाडौं जस्तै शिक्षा यहाँका नागरिकले पाइरहेका छन् ?
सुदूरपश्चिमबाट काठमाडौँमा गएर देश विदेशमा गएर विशिष्ट योगदान गर्न सक्ने व्यक्तित्वहरु हुनुहुन्छ । तर सुदूरपश्चिममै त्यो शिक्षालाई स्तरीय बनाउनका लागि हामी कसरी अगाडि जाने भने कुरा नैे एसपीए कलेजको एउटा मान्यता हो । सुदूरपश्चिमबाट धेरै जस्तो भारतको विभिन्न शहरहरुमा काम गरेर आफनो बालबालिकाहरुलाई पढाउनुहुन्छ । त्यो अवस्थाले के देखिन्छ भने यहाँ स्तरीय शिक्षा दिन सकिएन भने एउटा लेबलको विद्यार्थीहरु काठमाडौँ जान सक्ने र काठमाडौँ गएर त्यही हराउने गरेका छन् । हाम्रो एसपीए कलेजले शिक्षक र कर्मचारी राख्दा खुल्ला प्रतिस्पर्धामार्फत ल्याउने गरेका छौं । विभिन्न विद्धान व्यक्तिहरुलाई ल्याएर पनि कलासहरु दिने गरेका छौँ । एपसपीए कलेजको शिक्षालाई व्यवस्थित र स्थापित गरेर अगाडि लैजान खोजिरहेका छौँ । हामीले दिने शिक्षामा कुनै पनि कमी कमजोरी नहुने गरेर अगाडि बढिरहेका छौँ ।
“योग्य विद्यार्थी अवसर पाइसकेपछि तिनीहरुले विश्वस्तरीय शिक्षा प्रदान
गर्नका लागि संसारको जुनसुकै कुनामा जान सक्छ । त्यही सन्दर्भको रुपमा
हामीले साउथ कोरियाको युनिभरसिटीसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।”
काठमाडौंमा जस्तो शिक्षा पाउने व्यवस्था मिलाउन एसपीएको प्रयास कस्तो छ ? के के गरिरहेको छ ?
हामीले पहिलो कुरा कलेजमा समयको व्यवस्था मिलाएका छौँ । हाम्रो कलेजमा समय र अनुशासन सबै भन्दा कडा छ । शिक्षकहरुले के फेसबुक होइन करिकुलम पठाउनुपर्छ भने मान्यतालाई स्थापित गरिरहेका छौँ । हाम्रा शिक्षक दौडिनु भयो भने विद्यार्थी कुद्न सक्छ । शिक्षक कुद्नु भयो भने विद्यार्थी दौडिन सक्छ भन्ने आधारमा शिक्षकहरुले त्यही किसिमको ज्ञान प्रदान गर्नुहुन्छ । हामीले प्रविधि मैन्त्री तरिकाले ल्याबहरुको व्यवस्थापन गरेका छौँ । आधुनिक किसिमका कक्षा कोठाहरु र प्रविधिहरुको विकास गरेर ज्ञान दिइरहेका छौँ । समग्रमा गुस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ ।
एसपीएले कोरियालगायत विभिन्न देशका विश्वविद्यालयसँग पनि भोगिनी सम्बन्ध स्थापना गरेको छ । यसरी भोगिनी सम्बन्ध स्थापनाले एसपीएमा अध्ययनरत् विद्यार्थीलाई के फाइदा हुन्छ ?
अहिले पनि हाम्रा विद्यार्थीहरु कोरियाको युनिभरसिटीमा पढिराखेका छन् । पीएडी गरिरहेका छन् । यसले के गर्छ भने हाम्रा राम्रा दुई÷चार जना विद्यार्थीहरु त्यसमा एप्लाई गरिरहेका छन् । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विभाग छ । त्यसले संसारभरीका अवसरहरुलाई विद्यार्थीको बिचमा पठाउने गरेका छौँ । त्यसमा इच्छुक र योग्य विद्यार्थीले प्रतिस्पर्धा गर्नुहुन्छ र हामीले विद्यार्थी को डकुमेन्टेसन पेश गर्छौँ । योग्य विद्यार्थीले त्यहाँ अवसर पाइसकेपछि तिनीहरुले विश्वस्तरीय शिक्षा प्रदान गर्नका लागि संसारको जुनसुकै कुनामा जान सक्नु हुन्छ । त्यही सन्दर्भको रुपमा हामीले साउथ कोरियाको युनिभरसिटीसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।
“हाम्रो कलेजमा भएको अन्तराष्ट्रिय सम्बन्ध विभागले संसारभरी भएका
अवसरहरु निरन्तर रुपमा वाच गरेर विद्यार्थीको बिचमा पुर्याइरहेको हुन्छ ।
अन्तराष्ट्रिय स्तरका संस्थाहरुले विद्यार्थीको व्यक्तिव विकास, उसको नेचर, उसको
व्यक्तित्व, पोजिसन, कन्फिडेन्ट, ‘ग्रुप ओर्क’लाई हेरेर ती विद्यार्थीहरुलाई हामीले
तयार गररहेका हुन्छौँ ।”
भौतिक पूर्वाधार, ल्याब, लाइबेरीका हिसाबले एसपीएको अवस्था कस्तो छ ?
हाम्रो कलेजमा भएको कम्प्युटर ल्याब यस क्षेत्रकै सबै भन्दा राम्रो आइटी ल्याब हो । हाम्रो बिआइएम प्रोगाम छ । बिआइएमका विद्यार्थीहरुले प्रयोग गर्ने ल्याब हाम्रो देशकै महत्वपूर्ण ल्याबमध्ये एक हो । सुदूरपश्चिममा त्रिभुवन युनिभरसिटीको ब्याचलर सिटमा होटल म्यानेजमेन्ट चलाउने हाम्रो मात्रै कलेज हो । त्यसको ल्याब हाम्रो राष्ट्रियस्तरको ल्याब हो । हाम्रो साइन्स ल्याब पनि त्यस्तै राम्रो छ । लाइबेरी पनि व्यवस्थित छ । त्यसकारणले हाम्रा ल्याबहरु विश्वस्तरीय राष्ट्रियस्तरको बनाउनका लागि विभिन्न सुधार अनुगमन त्यसको परिपूर्ति गरेर अगाडि गहिरहेका छौँ ।
यहाँ उपलब्ध प्राध्यापकहरु यस क्षेत्रकै उत्कृष्ट छन् भन्ने कसरी विश्वास दिलाउनुहुन्छ ?
हामीले हाम्रा प्राध्यापकहरुलाई टे«ड गरेका छौँ । जुन निरन्तर चलिरहन्छ । प्राध्यापकहरुलाई विभिन्न विषय अनुसार टे«निङ दिएर अध्ययन अध्यापनमा कुशलता र निखारपन ल्याउनका लागि लागिरहेकै हुन्छौं ।
अहिले अध्ययन अध्यापन हुने विषयहरु के–के हुन् र टेक्निकल विषयहरु ल्याउन एसपीएले के गरिरहेको छ ?
अहिले अध्ययन अध्यापन विषयहरु १० पलस २ मा साइन्सका सबै विषयहरु पढाई हुन्छन् । म्यानेजमेन्टमा अकाउन्टिङ, इकोनोमिक्स, होटल म्यानेजम्यान्ट, फाइनान्सका विषयहरु, सोसलका विषयमा नेपाली साहित्य, अङग्रजी साहित्य, समाजशास्त्रका विषयहरु र कानूनका विषयहरु अध्ययन भइरहेको छ । त्यस्तै गरेर शिक्षा शास्त्रका विषयहरु पनि पठाइरहेका छौँ । कतिपय टेक्निकल विषयहरु पनि छन् । हाम्रा चारवटा प्रोगामहरु छन् ।
एसपीएका विद्यार्थीले दुबई कतार बहराईन माल्दिभ्स जस्ता देशका फाइभस्टार होटलमा काम गरिरहेको समाचार बाहिरिएको थियो । कलेजले विद्यार्थीहरुलाई कसरी यस्ता अवसर जुटाइरहेको छ ?
हाम्रो कलेजमा भएको अन्तराष्ट्रिय सम्बन्ध विभागले संसारभरी भएका अवसरहरु निरन्तर रुपमा वाच गरेर विद्यार्थीको बिचमा पुर्याइरहेको हुन्छ । अन्तराष्ट्रिय स्तरका संस्थाहरुले विद्यार्थीको व्यक्तिव विकास, उसको नेचर, उसको व्यक्तित्व, पोजिसन, कन्फिडेन्ट, ‘गु्रप ओर्क’लाई हेरेर ती विद्यार्थीहरुलाई हामीले तयार गररहेका हुन्छौँ ।
अनि सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो सबैभन्दा ठूलो कलेज पनि हो । अरु विश्वविद्यालय र सुदूरपश्चिम विश्विवद्यालयबाट सम्बन्धन प्राप्त हुनुमा के फरक हुन्छ ?
हाम्रो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । त्रिभुवन विश्वविद्यालय भनेको संसारको ठूलो विश्वविद्यालय मध्येको एक हो । त्रिभुवन विश्वविद्यालय झण्डै सात वर्ष इतिहास भएको विश्वविद्यालय हो । त्रिभुवन विश्वविद्यालय भनेको सबैभन्दा खारिएका प्राध्यापकहरुले करिकुलम र प्रोगाम बनाएको विश्वविद्यालय हो । अलिकति देशको परिस्थिति अनुसार कहिलेकाँही त्रिभुवन विश्वविद्यालयमा काम गर्ने कुराहरुमा राजनीति हावी देखिन्छ । तर पनि हामी म्यानेजमेन्ट र प्राइभेट कलेजको हिसाबले अगाडि बढ्दा त्रिभुवन विश्वविद्यालयको साख प्रोफेसरहरु, प्राज्ञिक कुराहरु र अहिलेसम्म स्थापित गरेका मान्यताहरुलाई आत्मासाथ गदै अगाडि बढिरहेका छौँ । देशमा युनिभरसिटीमा सबै भन्दा बढी एसपीएमा धेरै विद्यार्थीहरु छन् । त्रिभुवन युनिभरसिटीकै प्रोगामहरुलाई अगाडि बढाइरहेका छौँ ।













