• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एसपिए कैलाली प्रिमियर लिग–३ मा भिमदत्त र त्रिवेणी नगरपालिका विजयी

  •   शनिबार, फागुन ११, २०८१ मा प्रकाशित

फागुन । धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह डी अन्तर्गतको पहिलो तथा प्रतियोगिताको सातौं खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

भिमदत्त नगरपालिकाले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुराम नगरपालिकाले पूरा ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । पर्शुराम नगरपालिकाका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए । दिल बहादर बोहराले ३४ रन बनाए । ओपनर ब्याटर अर्जुन बिकले १६ रन बनाए ।

भिमदत्त नगरपालिकाका लागि सन्तोष भट्टले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्तोषले १ मेडन राख्दै ११ रन खर्चेका भट्टले ४ विकेट चट्काए । भट्ट म्यान अफ दी म्याच चुनिए । समिर बिस्ट र अरुण ऐरीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्त नगरपालिकाकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए ।

त्यस्तै अन्तिम तिर ब्याटिङ गर्न आएका किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७,अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन बनाए । भिमदत्तका लागि प्रकाश पाण्डेय, साजन बिटालु र समिर बिष्ट रनआउट भए ।

पर्शुराम नगरपालिकाका लागि अर्जुन बिकले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अर्जुनले १ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट चट्काए । त्यस्तै टेक थलालले २ तथा कृष्ण बिस्टले १ विकेट लिए ।
धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ मा समूह सी अन्तर्गतका आजै भएको दोश्रो तथा प्रतियोगीताको आठौं खेलमा बाजुराको त्रिवेणी नगरपालिकाको टिम विजयी भएको छ ।

त्रिवेणीले वेदकोटलाई ६ विकेटले पराजित गर्दै प्रतियोगीतमा सुखद सुरुवात गरेको छ । वेदकोट नगरपालिकाले प्रस्तुत गरेको ११९ रनको लक्ष्य त्रिवेणीले १५।५ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएर पूरा गर्यो ।

त्रिवेणी नगरपालिकाका लागि राजु रिजालले उत्कृष्ट ब्याटिङ गरे । ३० बलको सामना गरेका रिजालले ३ चौका र २ छक्काको मद्दतले ४१ रनको अविजित पारी खेले । त्यस्तै सुमित श्रेष्ठले २१ रन बनाउँदा तुल बहादुर थापा १९ रनमा अविजित रहे ।

विजय राना र शुशिल खड्काले समान १६ रन बनाए । वेदकोट नगरपालिका लागि लक्ष्मण खडायतले २ तथा विवेक बोहरा र महेश बिष्टले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेदकोट नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । वेदकोटका लागि विशाल बोहराले सर्वाधिक ३६ रन बनाए ।

दिपक बोहराले २४ रन बनाउँदा कृष्ण बिष्ट १७ रनमा अविजित रहे भने महेश बिष्ट १६ रनमा पवेलियन फर्किए । त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टाले ५ विकेट चट्काए । ४ ओभर बलिङ गरेका दिपकले ५ विकेट चट्काउँदा केबल १६ रन खर्चिए ।

टमाट्टा म्यान अफ दी म्याच चुनिए । त्यस्तै लोकेन्द्र चन्दले २ विकेट लिदा विशाल आचार्यले १ विकेट हाँसिल गरे । समूह ए बाट गोदावरी नगरपालिकाको टिम र समूह बी बाट पुनर्वास नगरपालिका बी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन ।
धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ ।

पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख, सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । प्रतियोगिता फागुन १४ गते सकिनेछ ।

  • एसपिए कैलाली प्रिमियर लिग–३
शनिबार, फागुन ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.