धनगढी । ‘छैठौं एसपीएसुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले साथ दिएको छ । उक्त वडाले अवार्डलाई प्रबद्र्धकका रुपमा साथ दिएको हो ।
प्रबद्र्धक सम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर र आयोजक नेपाल खेलकुदपत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे ।
सम्झौतापछि वडाध्यक्ष ऐरले अवार्ड संग जोडिन पाउँदा खुसी लागेको बताए ।
यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १ र २ ले प्रबद्र्धकका रुपमा साथदिन सम्झौता गरिसकेको छ ।
यस्तै अवार्डको मुख्यप्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ । चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ ।
छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्चप्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदानगरिने आयोजक खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्याराले जानकारी दिए ।
उनकाअनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुषविधामा अवार्ड प्रदानगरिने रोस्याराले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विद्याकाविजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइमएचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुदपत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकनमहिला र पुरुषविद्याका विजेतालाई नगद २०–२० हजार सहित ट्रफी प्रदान गरिनेछ ।























