कैलाली । धनगढीमा पार्टीका झण्डाका कारण सडक अशोभनीय देखिन थालेको छ । धनगढीको छ लेन सडक र मुख्य बजारका सडकमा गाडिएका पार्टीका झण्डाले सडक अशोभनीय देखिएको हो ।
भोलि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएपछि उनको स्वागतका लागि सडकमा कांग्रेस पार्टीका झण्डा राखिएका छन् । धनगढी उपमहानगरपालिकाले हाम्रो धनगढी सफा धनगढी अभियान चलाइरहेका बेला यसरी पार्टीका झण्डा राखिनुले सडकको शोभा घटाएको छ ।
तस्बिरहरु














