धनगढी- नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिमको अध्यक्षमा आत्माराम अधिकारी चयन भएका छन्। धनगढीमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा २२ सदस्यीय समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा करनसिंह साउद, सचिवमा प्रकाशचन्द्र बडू, सहसचिवमा युवराज जोशी र कोषाध्यक्षमा ज्ञानु चौधरी चयन भएका छन्।













