कैलाली । चिसापानी धुलिकोट ऐतिहासिक पदयात्रा प्रतियोगिता २०८२ हुने भएको छ । नवलसिह रावल फाउन्डेसनले आज सिसापानी एड्भेन्चर रिसोर्ट मोहन्याल ७ कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो । सुदुरपश्चिममा आन्तरिक र बाह्य पर्यटक भित्रयाउने उदेश्यले यो पदयात्रा बैशाख १८ गते आोजना गरिन थालेको तपेन्द्र रावलले जानकारी दिए ।
आज नै प्रतियोगिताको लोगो लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले सार्बजनिक गरेकी छन् । लोगोको सार्बजनिक गर्दै शाहीले यस क्षेत्रको पर्यटन विकासका लागी सबैले लाग्नु पर्ने आबश्यक रहेको बताईन् । उनले सबैले यो कार्यक्रमलाई सफल पार्न आ -आफनो ठाँउबाट लाग्नु पर्ने बताईन् ।













