मनोरोग भनेको के हो ? यस्का लक्षण र उपचार बिधिका बारेमा धनगढीको नवजीवन अस्पतालका मनोरोग विशेषज्ञ डा अनुप देवकोटासँग गरिएको कुराकानीमा आधारित भनाइहरु प्रस्तुत गरेका छौँ ।
जसरी हाम्रो शरीर बिरामी हुन्छ । त्यस्तै गरी मन पनि बिरामी हुन्छ । मन बिरामी हुनु वा मनमा केही समस्या आउनु त्यो मानसिक रोग हो । यो रोगले कस्ता लक्षण देखाउछ त भन्दा मनमा भावनात्मक समस्या हुन सक्छ । जस्तै : उदासीपन जसलाई हामी डिप्रेशन भन्छौँ, नरमाईलो लाग्ने , उदास लाग्ने,काम गर्ने जागर नचल्ने,शरीर अल्छी भइराख्ने,कमजोरी महशुस, पछुत्तो,मर्ने विचार आउने , विद्यार्थी छन् भने बिद्यालय जान मन नलाग्ने, कर्मचारी छ भने अफिस जान मन नलाग्ने,काममा बाधा आउन थाल्यो, व्यक्तिगत रुपमा पीडा महशुस हुने, हातखुट्टा झमझमाउने ,घरबाहिर जान मन नलाग्ने जस्ता लक्षण दुई हप्ता सम्म भयो भने यसलाई मानसिक रोगका लक्षण हो भन्न सकिन्छ ।
यसको उपचार बिधि के हो त भन्दा मनोपरामर्श र औषधी नै हो । थेरापीबाट पनि यसको उपचार गर्न सकिन्छ,मनलाई शान्त बनाउने बिधि, तनाब व्यवस्थापनका कुराहरु छन् । सिकाइबाट पनि यसको उपचार हुन्छ । तनाब भयो,नजानेर केही कुरा गलत भयो,भने यसलाई व्यवस्थापन गर्ने भनेको सिकाई नै हो ।













