धनगढी । केलालीको धनगढीबाट १३ जना जुवाडे पक्राउ परेका छन् । कैलालीको धनगढी ३ मा रहेको एक होटलबाट १३ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूको साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।













