धनगढी उपमहानगरपालिका–३ मा रहेको मयुर इङ्लिस बोर्डिङ स्कुलको स्थापना २०५० सालमा भयो । स्थापनाकालमा कक्षा ५ सम्मको पढाइ हुन्थ्यो । २०६८ सालबाट भने कक्षा १० सम्मको पढाइ सुरु गरियो । शिक्षा बालमैत्री वातावरण हुनु पर्छ भन्ने उदेश्यका साथ अगाडि बढ्दै गएको विद्यालयले हाल के कस्ता विधि पद्धतिको विकास गरेको छ र शैक्षिक गुणस्तरलगायत विविध बिषय केन्द्रमा राखेर प्राचार्य पदमसिंह साउदसँग निशाना न्युजले गरेको कराकानीमा आधारित विचार प्रस्तुत गरिएको छ ।
हामीले २०५० सालमा ५ कक्षाबाट स्कुल सञ्चालन गरेका हौँ । त्यसपछि हामीले २०६८ सालमा कक्षा १० सम्मको पढाइ सुरु ग¥यौँ । विद्यार्थीको क्षमतालाई अझ बढि परिस्कृत गर्न अतिरिक्त कृयाकलाप सञ्चालन गर्दै आएका छाैँ । गीत संगीत , भलिबल,फुटबल,क्रिकेट, कराते विद्यार्थीले रुचाईएका कुराहरुलाई पनि हामीले उपलब्ध गराइ रहेका छौँ । २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएको भन्दै धनगढी उपमहानगरपालिकाले पुरस्कृत पनि गरिसकेको छ । हामी सधैँ शिक्षालाई बालमैत्री बनाउन होमवर्क गर्दै अगाडि बढीरहेका छौँ ।
स्मार्ट बोर्ड, कम्युटर, लाईव्रेरी जस्ता कुराहरुको उच्चतम विकास गर्दै हामी अगाडि बढेका छौँ । बालबालिकालाई प्रविधिमैत्री बनाइ रहेका छौँ । हामीले बालबालिका अझ बढी सिक्न पाउन भन्नका लागि सेमिनार,गोष्ठी, वैज्ञानिक प्रदर्शनी र शैक्षिक भ्रमणमा पठाउने गरेका छौँ ।
बालबालिकाको विकासका लागि हामीले विशेष ध्यान दिइरहेका छौँ । यस विद्यालयको मुख्य उदेश्य भनेको देशका लागि उच्चतम किसिमको जनशक्ति निर्माणका लागि सहयोग पु¥याउने नै हो । यसका लागि हामीले विभिन्न प्रविधिको प्रयोग गरिरहेका छौँ । बालबालिकामा एआई प्रविधिको विकासका लागि हामीले विशेष ध्यान दिइरहेका छौँ ।
हाम्रो मुख्य उदेश्य भनेको नै बालबालिकालाई सुसंस्कृत बनाउने,असल नागरिक बनाउने नै हो । यसका लागि हामीहरु निरन्तर रुपमा लागिरहेका छौँ । हाम्रो स्कुलमा योग्य शिक्षकहरु रहेका छन् । जसले निरन्तर रुपमा बालबालिकाको शैक्षिक विकासका लागि लागिरहेका छन् ।























