कैलाली । धनगढी उप-महानगरपालिकाले संचालन गरिएको ,हाम्रो-धनगढी-हामी-बनाउछौं ,हाम्रो धनगढी-सफा-धनगढी अभियान अन्र्तगत धनगढी १३ मा सरसफाई गरिएको छ ।
धनगढी -१३ को झलारी टोलमा सामाजिक परिचालक कौशिल्या ओझा र महिला स्वास्थ्य स्वयमसेविका सीता रानाको नेतृत्वमा १३ को झलारी टोलमा सरसफाई गरिएको हो ।
सो अभियानमा सरसफाइ समिती, आमा समुह, टोल विकास संस्था र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।















