धनगढी । कैलाली र बझाङबाट जिल्ला अदालतका फैसलाले कैद सजाय सुनाईएका फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीको मिति २०७९।०३।१३ गतेको फैसलाले वहु विवाह मुद्दामा ११ महिना ६ दिन कैद सजाय र
रु.१०,०००। जरिवाना तोकिएका टिकापुर २ बस्ने बर्ष ३१ को राम थारु र बर्ष २८ की मिना चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले घर ठेगानाबाट पक्राउ गरेको हो ।
त्यस्तै जिल्ला अदालत बझाङको मिति २०६७।०३।२० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला बझाङ, सुर्मा ४ बस्ने बर्ष ४९ को मन सिंह पुजारालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।














