धनगढी । जिल्ला अदालत कैलालीले ४ महिना २९ दिन कैद तोकिएका फरार व्यक्ती प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसलाले चोरी मुद्दामा ४ महिना २९ दिन कैद सजाय तोकिएका धनगढी ८ धनगढीगाँउ बस्ने बर्ष २९ का करन रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकैको घरबाट पक्राउ गरेको हो ।























