• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ९. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भारतमा चम्किरहेका छन् नेपालीमूलका क्रिकेटर जय विष्ट

  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

काठमाडौं- नेपाली क्रिकेटले पछिल्लो एक दशकमा हासिल गरेको ठूलो उपलब्धि भनेको टी–२० विश्वकप खेल्नु र एकदिवसीय मान्यता पाउनु हो । यसबाहेक नेपालले क्रिकेटमा सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । नेपालसँगैको अफगानिस्तानले भने विश्व क्रिकेटमा प्रशंसनीय प्रगति गरिरहेको छ ।

सरकारको बेवास्था, क्रिकेट पूर्वाधार अभाव, क्यानको कमजोर कार्यशैलीलगायतले नेपालको क्रिकेट पाँच वर्षअघिकै अवस्थामा छभन्दा फरक नपर्ला । नेपाली क्रिकेटको प्रगति हुन नसक्नुको सबैभन्दा कमजोर पक्ष भनेको घरेलु क्रिकेट संरचना बलियो नहुनु पनि हो । ग्रासरुट कमजोर हुँदा नै नेपालले क्रिकेटमा प्रगति गर्न सकेको छैन ।

साथै, स्तरीय ठाउँमा क्रिकेट खेलिरहेका नेपाली खेलाडीलाई प्रोत्साहन अर्थात् सम्मानपूर्वक आफ्नै देशबाट खेल्ने वातावरण निर्माण नगर्दा पनि समस्या भइरहेको छ । छिमेकी देश भारतमै पनि थुप्रै नेपाली खेलाडी छन्, जो त्यहाँको घरेलु क्रिकेट खेलिरहेका छन् । जहाँ उनीहरूले स्तरीय प्रशिक्षण पाएका छन् । र, उनीहरूले प्रदर्शन पनि राम्रो गरेका छन् ।

भारतको घरेलु क्रिकेटमा राम्रो गरिरहेकामध्ये एक हुन्– जय विष्ट । उनको पुख्र्यौली घर अछाम जिल्लाको बयलपाटा हो । जयकाअनुसार उनको घर धनगढीमा छ । तर, उनी हाल भने मुम्बईमा बस्छन् । २६ वर्षीय जयले घरेलु क्रिकेटमा मुम्बई र उत्तराखण्डबाट खेल्ने गरेका छन् । हालसम्म उनले प्रथम श्रेणी क्रिकेटमा ५५ पारी खेलेका छन् । जसमा उनले चार शतक र ६ अर्धशतकको मद्दतमा १ हजार ७१० रन बनाएका छन् ।

उनले प्रथम श्रेणी क्रिकेटमा १८ विकेटसमेत लिएका छन् । जयले लिस्ट ‘ए’ मा २५ म्याच खेलेका छन् । जसमा उनले आठ अर्धशतक र एक शतकको मद्दतमा १ हजार १९ रन बनाएका छन् । लिस्ट ‘ए’ मा उनको उच्च स्कोर १४१ रन हो । त्यस्तै, जयले ३३ टी–२० मा सात अर्धशतकको मद्दतमा १ हजार १ रन बनाएका छन् । यो प्रारूपमा उनको उच्च स्कोर ९२ रन हो । जयले प्रथम श्रेणीमा ७८।५४, लिस्ट ‘ए’ मा ८९।८५ र टी–२० मा १३६।३७ को स्ट्राइक रेटमा रन बनाइरहेका छन् ।

जयले नेपालबाट खेल्लान् ?

लामो समयदेखि नेपाली समर्थकले नेपाली क्रिकेटमा जयको प्रतीक्षा गरेका छन् । समर्थकले उनलाई नेपाल बोलाउनुपर्ने क्यानसमक्ष आग्रह गर्दै आएका छन् । तर, जयले भने तत्काल नेपाल आउने मनसाय बनाएका छैनन् । मुम्बईको स्तरीय प्रशिक्षणमा रमाइरहेका उनले नेपालका लागि खेलेमा ब्याटिङमा केही सुधार देख्न पाइने समर्थकको आशा छ ।

जय शीर्ष क्रमका ब्याटर हुन् । उनी प्रायः ओपनिङ वा तेस्रो नम्बरमा ब्याटिङ गर्छन् । यदि जय नेपालका लागि खेल्न सहमत भए एकहदसम्म ओपनिङ र तेस्रो नम्बर ब्याटिङको समस्या टर्नसक्छ । तर, तत्काल उनले नेपालका लागि खेल्ने सम्भावना कम रहेको जयका आफन्त र छिमेकी बताउँछन् । उनले सूर्यकुमार यादव, श्रेयस अय्यर, शार्दुल ठाकुर, पृथ्वी शालगायत भारतीय स्टार खेलाडीसँगै खेलिसकेका छन् ।

जयले रणजी ट्रफी, सैयद मुस्ताक अली ट्रफीलगायत भारतका प्रतिष्ठित प्रतियोगिता खेल्ने गरेका छन् । लामो समय मुम्बईको टोलीबाट खेलिरहेका उनी हाल उत्तराखण्डको टिममा छन् । जय उत्तराखण्डको टिम कप्तानसमेत हुन् ।

उनको नामको टिकटक आइडी भाइरल

सामाजिक सञ्जाल टिकटकमा जयको नामबाट एकजना सक्रिय रहेका छन् । भारतमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । तर, जयको नामबाट भने लगातार सामग्रीहरू पोस्ट भइरहेका छन् । धेरै समर्थकले रियल आइडी ठानेर कुराकानी पनि गरेका छन् । र, त्यो जय विष्टको ‘फेक’ आइडीले धेरै टिकटक प्रयोगकर्तालाई जवाफ पनि पर्काएको छ । यसैबीच, उनको त्यो आइडीबाट ‘जय नेपाल आएर नागरिकता बनाउँदै’ भनेर एउटा सामग्री भाइरल भइरहेको छ ।

‘अब छिट्टै नेपाल आउँदैछु, नेपालमा खेल्छु एकदिन । अहिले नागरिकता बनाउनु छ, त्यसपछि सोच्ने हो,’ जयको त्यो फेक आइडीमा भनिएको छ । आफूबारे टिकटकमार्फत् लगातार गोप्य कुरा सार्वजनिक भइरहँदा जयकोतर्फबाट भने हालसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । उनका आफन्त वा साथीभाइले चाहिँ त्यो आइडी ‘फेक’ भन्ने गरेका छन् । क्रिकेटपाटी

  • क्रिकेट
  • जय विष्ट
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.