• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

भारतमा चम्किरहेका छन् नेपालीमूलका क्रिकेटर जय विष्ट

  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

काठमाडौं- नेपाली क्रिकेटले पछिल्लो एक दशकमा हासिल गरेको ठूलो उपलब्धि भनेको टी–२० विश्वकप खेल्नु र एकदिवसीय मान्यता पाउनु हो । यसबाहेक नेपालले क्रिकेटमा सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । नेपालसँगैको अफगानिस्तानले भने विश्व क्रिकेटमा प्रशंसनीय प्रगति गरिरहेको छ ।

सरकारको बेवास्था, क्रिकेट पूर्वाधार अभाव, क्यानको कमजोर कार्यशैलीलगायतले नेपालको क्रिकेट पाँच वर्षअघिकै अवस्थामा छभन्दा फरक नपर्ला । नेपाली क्रिकेटको प्रगति हुन नसक्नुको सबैभन्दा कमजोर पक्ष भनेको घरेलु क्रिकेट संरचना बलियो नहुनु पनि हो । ग्रासरुट कमजोर हुँदा नै नेपालले क्रिकेटमा प्रगति गर्न सकेको छैन ।

साथै, स्तरीय ठाउँमा क्रिकेट खेलिरहेका नेपाली खेलाडीलाई प्रोत्साहन अर्थात् सम्मानपूर्वक आफ्नै देशबाट खेल्ने वातावरण निर्माण नगर्दा पनि समस्या भइरहेको छ । छिमेकी देश भारतमै पनि थुप्रै नेपाली खेलाडी छन्, जो त्यहाँको घरेलु क्रिकेट खेलिरहेका छन् । जहाँ उनीहरूले स्तरीय प्रशिक्षण पाएका छन् । र, उनीहरूले प्रदर्शन पनि राम्रो गरेका छन् ।

भारतको घरेलु क्रिकेटमा राम्रो गरिरहेकामध्ये एक हुन्– जय विष्ट । उनको पुख्र्यौली घर अछाम जिल्लाको बयलपाटा हो । जयकाअनुसार उनको घर धनगढीमा छ । तर, उनी हाल भने मुम्बईमा बस्छन् । २६ वर्षीय जयले घरेलु क्रिकेटमा मुम्बई र उत्तराखण्डबाट खेल्ने गरेका छन् । हालसम्म उनले प्रथम श्रेणी क्रिकेटमा ५५ पारी खेलेका छन् । जसमा उनले चार शतक र ६ अर्धशतकको मद्दतमा १ हजार ७१० रन बनाएका छन् ।

उनले प्रथम श्रेणी क्रिकेटमा १८ विकेटसमेत लिएका छन् । जयले लिस्ट ‘ए’ मा २५ म्याच खेलेका छन् । जसमा उनले आठ अर्धशतक र एक शतकको मद्दतमा १ हजार १९ रन बनाएका छन् । लिस्ट ‘ए’ मा उनको उच्च स्कोर १४१ रन हो । त्यस्तै, जयले ३३ टी–२० मा सात अर्धशतकको मद्दतमा १ हजार १ रन बनाएका छन् । यो प्रारूपमा उनको उच्च स्कोर ९२ रन हो । जयले प्रथम श्रेणीमा ७८।५४, लिस्ट ‘ए’ मा ८९।८५ र टी–२० मा १३६।३७ को स्ट्राइक रेटमा रन बनाइरहेका छन् ।

जयले नेपालबाट खेल्लान् ?

लामो समयदेखि नेपाली समर्थकले नेपाली क्रिकेटमा जयको प्रतीक्षा गरेका छन् । समर्थकले उनलाई नेपाल बोलाउनुपर्ने क्यानसमक्ष आग्रह गर्दै आएका छन् । तर, जयले भने तत्काल नेपाल आउने मनसाय बनाएका छैनन् । मुम्बईको स्तरीय प्रशिक्षणमा रमाइरहेका उनले नेपालका लागि खेलेमा ब्याटिङमा केही सुधार देख्न पाइने समर्थकको आशा छ ।

जय शीर्ष क्रमका ब्याटर हुन् । उनी प्रायः ओपनिङ वा तेस्रो नम्बरमा ब्याटिङ गर्छन् । यदि जय नेपालका लागि खेल्न सहमत भए एकहदसम्म ओपनिङ र तेस्रो नम्बर ब्याटिङको समस्या टर्नसक्छ । तर, तत्काल उनले नेपालका लागि खेल्ने सम्भावना कम रहेको जयका आफन्त र छिमेकी बताउँछन् । उनले सूर्यकुमार यादव, श्रेयस अय्यर, शार्दुल ठाकुर, पृथ्वी शालगायत भारतीय स्टार खेलाडीसँगै खेलिसकेका छन् ।

जयले रणजी ट्रफी, सैयद मुस्ताक अली ट्रफीलगायत भारतका प्रतिष्ठित प्रतियोगिता खेल्ने गरेका छन् । लामो समय मुम्बईको टोलीबाट खेलिरहेका उनी हाल उत्तराखण्डको टिममा छन् । जय उत्तराखण्डको टिम कप्तानसमेत हुन् ।

उनको नामको टिकटक आइडी भाइरल

सामाजिक सञ्जाल टिकटकमा जयको नामबाट एकजना सक्रिय रहेका छन् । भारतमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । तर, जयको नामबाट भने लगातार सामग्रीहरू पोस्ट भइरहेका छन् । धेरै समर्थकले रियल आइडी ठानेर कुराकानी पनि गरेका छन् । र, त्यो जय विष्टको ‘फेक’ आइडीले धेरै टिकटक प्रयोगकर्तालाई जवाफ पनि पर्काएको छ । यसैबीच, उनको त्यो आइडीबाट ‘जय नेपाल आएर नागरिकता बनाउँदै’ भनेर एउटा सामग्री भाइरल भइरहेको छ ।

‘अब छिट्टै नेपाल आउँदैछु, नेपालमा खेल्छु एकदिन । अहिले नागरिकता बनाउनु छ, त्यसपछि सोच्ने हो,’ जयको त्यो फेक आइडीमा भनिएको छ । आफूबारे टिकटकमार्फत् लगातार गोप्य कुरा सार्वजनिक भइरहँदा जयकोतर्फबाट भने हालसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । उनका आफन्त वा साथीभाइले चाहिँ त्यो आइडी ‘फेक’ भन्ने गरेका छन् । क्रिकेटपाटी

  • क्रिकेट
  • जय विष्ट
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.