धनगढी । कैलालमिा एक जना फरार मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी १ पुष्पलाल चोक बस्ने बर्ष ४५ का दान बहादुर साउद रहेका छन् ।
जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन मुद्दामा २ बर्ष कैद सजाय तोकिएका उनी फरार सुचिमा रहेका थिए । बुधबार उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।























