धनगढी । कैलालीमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको फैसलाले बैङ्किङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु.१,१०,०००। (एक लाख दश हजार) जरिवाना तोकिएको धनगढी २ बस्ने बर्ष ३३ को नैन बहादुर साउदलाई प्रहरी पक्राउले गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार धनगढी ४ सहिद गेटबाट पक्राउ गरेको जनाएको छ ।























