धनगढी । कैलालीमा ५ ग्राम ६० मिलिग्राम लागु औषध (खैरो हेरोईन )सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली टिकापुर नगरपालिका १ बस्ने बर्ष ३० को छत्र साउद , जानकी गाउँपालिका ८ भगरैया बस्ने बर्ष २७ को दुर्गा प्रसाद चौधरी ,टिकापुर नगरपालिका १ वनगाउँ बस्ने बर्ष ३१ को संजिप चौधरी रहेका छन् ।
आज ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटीगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका १ नयाँवस्ती स्थित सडक खण्डबाट ५ ग्राम २० मिलिग्राम कान्छि बजार स्थित सडक खण्डबाट ४० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।













