अछाम । अछामको एक घर छानोमा आगो लगाई भागेका लोकमान खत्रीलाइ प्रहरीले पक्राउ गरेको छ । बिहिबार राती अछामको मेल्लेख ६ स्थितनावली बाईगाउँ बस्ने जगत बहादुर खत्रीको घर छानोमा आगो लगाई भागेका उनलाई आज प्रहरीले पकउ गरेको हो ।
बर्ष ६० को लोकमान ले सोही ठाउ बस्ने जगत बहादुर खत्रीको घर छानोमा आगो लगाई भागेका थिए जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एबं डिएसपी ईश्वरी प्रशाद भण्डारीले भने उक्त छानोमा रहेको नल पराल समेत जली नष्ट हुनुका साथै उक्त घर छानो पुर्ण रुपमा जली क्षती भएको छ ।
आगो लगाई भागी फरार रहेका खत्रीको प्रहरीले खोज तलास गर्दा उनकै घरमा फेला पारी पक्राउ गरी अपराधिक उपद्रव गर्न नहुने कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।













