धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा मङ्गलबारदेखि सञ्चालन भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा दोस्रो दिन (बुधबार) २१८ जनाले सेवा लिएका छन् ।
प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा मंगलबारदेखि सुरु भएको निःशुल्क शिविरमा दोस्रो दिन १५४ जना महिला र ६४ जना पुरूषले सेवा लिएका हुन् ।
शिविरमा ल्याव, ओपीडी, निःल्क औषधि वितरण, योग परामर्शलगायतका सेवासमेत सञ्चालन भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए ।
उनका अनुसार शिबिरमा बाथरोग, अम्लपित्त (ग्यास्ट्रिक), कलेजो सम्बन्धी रोगहरु (जण्डिस), पेटसम्बन्धी रोग, स्त्री रोग, उच्च रक्तचाप, मधुमेह (सुगर), त्वक बिकार (छाला सम्बन्धी रोग), पिसाब सम्बन्धी रोगहरु, अर्श (पाइल्स), फिष्टुलालगायत समस्याहरुको उपचार तथा परामर्श सेवा प्रवाह भइरहेको छ । शिविर १४ गतेसम्म सञ्चालन हुनेछ ।













