धनगढी । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहरभई फरार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००। जरिवाना तोकिएको लम्कीचुहा ३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य , सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको , लम्कीचुहा ३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई र लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा ३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट साउँद रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।























