अछाम । अछाममा एक जना मानिस मृत फेला परेका छन् । अछामको पञ्चदेवल बिनायक ७ बारला घर भई मंगलसैन ५ बजारस्थित जितेन्द्रबहादुर शाहको खाली घरमा एक्लै बस्दै आएका बर्ष ६५ का जगन्नाथ खनाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बिहिबार ज्याला मजदुरी गरेर खाने खनाल मृत अवस्थामा फेला परेको भनी स्थानीयले जानकारी गराउनासाथ उक्त स्थानमा प्रहरी निरेक्षक टेक बहादुर देउवाको कमाण्डमा अनुसन्धान टोली खटिगई घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जनाएको छ ।













