धनगढी । कैलालीका अत्यन्तै सकृय मानवअधिकारबादी एंव शैक्षिक एंव सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका पूर्व बिद्यार्थी तदर्थ समितिको सचिवमा चयन भएका छन् ।
शारदा माध्यमिक बिद्यालयले आयोजना गरेको पूर्व बिद्यार्थी सम्मेलन -२०८२ बाट रैका सर्वसम्मत सचिवमा चयन भएका हुन ।
अधिकारकर्मी रैका दुई दशक देखि मानवअधिकार,दलितअधिकार, सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव शैक्षिक ,सामाजिक बिकासका क्षेत्रमा कृयाशिल रहदै आएका छन् ।
उनी विभिन्न अधिकारमूखी तथा सामाजिक अभियानहरुमा अत्यन्तै सकृय हुनुका साथै युवा विद्यार्थी माझ निकै लोकप्रिय ब्यक्ति पनि हुन ।
पूर्व बिद्यार्थी,बिद्यालय परिवारले गरेको बिश्वास प्रति कृतज्ञ हुँदै बिद्यालयको शैक्षिक बिकासमा आफू सदैब कृयाशिल रहने सचिव रैका ले बताए ।
कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन् ।
अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालको केन्द्रीय अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको प्रबन्ध समितिको कोषाध्यक्ष र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव,एम्नेस्टी ईन्टरनेशनल नेपालको को सेक्रेटरी,दलित गैरसरकारी संस्था महासंघका प्रदेश सह(सचिव पदमा रहि मानवअधिकार,दलित अधिकार, सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।























