• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेकपा एमालेको एघारौँ महाधिवेशन : नेतृत्व, समय र संगठनको पुनर्जागरण एक विश्लेषण

  •   मङ्गलबार, मङि्सर २४, २०८२ मा प्रकाशित

यही २७ गते नेकपा एमाले पार्टीको ११ र्औ महाधिबेशन हुदै छ संगठनको स्वास्थ्य मापन गर्ने, र भविष्यको मार्गचित्र बनाउने क्षण रहेको महाधिबेशनले कस्तो नेतृत्वको जन्म लिन्छ त भन्ने बिषयमा नेकपा एमाले पार्टीका सुदुरपश्चिम प्रदेश युवा नेता मदन राज रेग्मीकोे विचारलाई निशाना न्युजले प्रकाशित गरेको छ ।
राजनीतिक पार्टीहरूका लागि महाधिवेशन केवल विधानअनुसार दोहोरिने अनिवार्य प्रक्रिया होइन यो नेतृत्वको वैधता परीक्षण गर्ने, संगठनको स्वास्थ्य मापन गर्ने, र भविष्यको मार्गचित्र बनाउने क्षण हो। विशेषगरी नेकपा एमाले जस्तो ऐतिहासिक प्रभाव र जनाधार बोकेको पार्टीका लागि महाधिवेशन अझै निर्णायक मोड हो, किनकि समयले आज जुन कठोर प्रश्नहरू सोधिरहेको छ, ती प्रश्नहरूको उत्तर नेकपा एमाले बाट मात्रै अपेक्षित छ।
पछिल्ला वर्षहरूमा नेकपा एमाले ले अनुभव गरेको उतार चढाव, आन्तरिक असन्तुलन, लोकप्रियतामा आएको गिरावट, र वैचारिक कठोरताका आरोपहरूले संगठनभित्र गम्भीर आत्मपरीक्षणको आवश्यकता जन्माइदिएको छ। तर आत्मपरीक्षण केवल शब्दको अलंकार होइन यसले निर्णय र अनुशासन दुवै माग्छ। एघारौँ महाधिवेशन त्यसैले नेकपा एमाले का लागि आत्ममूल्यांकनको इतिहासमै सबैभन्दा संवेदनशील क्षण बनेको छ।
नेपालमा सामाजिक संरचना, जनताको अपेक्षा, र राजनीति बुझ्ने पुस्ताका धारणा तीव्र गतिमा बदलिएका छन्। पुरानै शैली, पुरानै चरित्र र पुरानै निर्णय प्रक्रियाले समयसँगको दूरी बढाएको छ। नेकपा एमाले को नेतृत्वले समयका चेतावनीहरू बुझेन भने संगठन केवल छायामात्र बन्ने खतरा बढेको छ। त्यसैले “नयाँ नेतृत्व, नयाँ सन्देश” भन्ने कथन नेकपा एमाले को नारा होइन जीवन मरणको मोडमा उभिएको वास्तविक आवश्यकता हो।
नेपालमा पछिल्लो समय जेन–जि आन्दोलनले जुन प्रकारको राजनीतिक सामाजिक चेतना विस्फोट गर्यो, त्यो नेकपा एमाले र समग्र पुरानो राजनीतिक संस्थापनका लागि कठोर सन्देश थियो। जेन–जि को विद्रोही स्वर केवल भावनात्मक उछाल थिएन, यसले नेतृत्वको दुरदृष्टिको अभाव, निर्णय प्रक्रियाको संकुचन, र युवापुस्तासँगको दूरीलाई खुलाइदियो। नेतृत्वले आफ्नो विफलता स्वीकार नगरेसम्म जनताले आन्दोलनमार्फत नेतृत्व लाई लखेटी रहने छन यो आन्दोलनले यही पाठ दियो।यही परिघटना नेकपा एमाले भित्र पनि लागू हुन्छ। संगठनभित्र असन्तोष बढ्नु, युवा पुस्ताको निराशा, स्थानीय संरचनामा थकान, र केन्द्रमा यथास्थितिवादको आभास यी सबै कुरा नेकपा एमाले को आन्तरिक संकटका स्पष्ट संकेत हुन्। यही कारण “जेन–जि द्वारा लखेटिएको नेतृत्व” मानेको नेतृत्वको टुटेको विश्वास र असक्षमताको दण्ड हो। फेरि उहीँ नेता, उहीँ शैली, उहीँ सोच नेकपा एमाले मा पुनःस्थापित हुनसक्छ भन्ने कल्पना स्वयं समयसँगको अवज्ञा हो।
नेपालको राजनीतिक प्रतिस्पर्धा आज नयाँ मोडमा पुगेको छ। काँग्रेस, माओवादी सम्मिलित नेपाली कम्युनिस्ट पार्टी , स्वतन्त्र समूह, र नयाँ दलहरूबीचको प्रतिस्पर्धा केवल दलगत होड होइन नेतृत्व क्षमताको प्रतिस्पर्धा पनि हो। यो प्रतिस्पर्धामा नेकपा एमाले पछि पर्यो भने यस्को मुख्य कारण विचारगत कमी होइन व्यवहारगत कठोरता हुने छ। जनता मूल्यमा भन्दा बढी व्यवहारमा विश्वास गर्छन्, र नेकपा एमाले लाई यही क्षेत्रमा प्रश्न उठाइएको छ।
संगठन भित्र सदस्यता विस्तारमा देखिएका अनियमितता, स्थानीय तहमा सक्रियताको कमी, र पार्टी संरचना ठेक्का शैलीमा सञ्चालन भएको आरोप यी नेकपा एमाले ले महाधिवेशनमा सामुन्ने राख्नैपर्ने विषय हुन्। संगठन बलियो तब हुन्छ जब तल्लोदेखि माथिल्लो तहसम्म कार्यकर्ताले सम्मान, सहभागिता र सुनुवाइ पाउँछन्। नेतृत्व केन्द्रमा संकुचित हुँदै जाँदा संगठन परिधिमा कमजोर हुन्छ अहिले नेकपा एमाले ले भोगिरहेको यही संरचनागत थकान हो।
महाधिवेशनको अर्को महत्वपूर्ण प्रश्न राजनीतिक सन्देश। नेकपा एमाले विगतका धेरै महाधिवेशनमा वैचारिक दस्तावेज त शक्तिशाली बनायो, तर व्यवहारमा जनताको पीडा केन्द्रमा राख्ने अनुशासन बनाउन सकेन। बेरोजगारी, सुशासन, आर्थिक स्थिरता, किसान–श्रमिकको जीवनस्तर, युवाको भविष्य, र राष्ट्रिय स्वाभिमान यी विषय नेकपा एमाले का आधारभूत राजनीतिक शिरा हुन्। तर यी विषय कागजबाट निस्केर कार्यक्षेत्रमा प्रभावकारी रूपमा रूपान्तरित हुन सकेनन्।
आज नेकपा एमाले ले आफ्ना घोषणापत्रका शब्दहरू भन्दा बढी व्यवहारका प्रमाणहरू पेस गर्नुपर्ने समय आएको छ। पार्टीको पुनर्जागरण वैचारिक भाषणले होइन व्यवहारिक राजनीतिले हुन्छ।
सिंगो परिदृश्य हेर्दा नेकपा एमाले को भविष्य महाधिवेशनको निर्णयमाथि निर्धारित छ। नेतृत्व चयन, संगठनमा अनुशासन, र जनतासँगको भावनात्मक सम्बन्ध पुनःस्थापना यी तीन कुराले नेकपा एमाले को तागत तय गर्नेछन्। यदि नेकपा एमाले ले नेतृत्वलाई समयअनुकूल नवीकृत गर्यो,पुराना कमजोरीहरू सुधार्ने राजनीतिक नैतिकता देखायो,युवा पुस्तालाई निर्णायक भूमिकामा ल्यायो,र जनताका मुद्दालाई पार्टीकार्ययोजनाको केन्द्रमा राख्यो,भने नेकपा एमाले फेरि पनि राष्ट्रिय राजनीतिमा प्राथमिक स्थान पुनःअझ बलियो गरि बनाउने छ।
तर यदि महाधिवेशन केवल पुरानै सोचको पुनरावृत्ति बन्यो भने नेकपा एमाले को संकट केवल संगठनिक होइन ऐतिहासिक हुनेछ।
समय आज नेकपा एमाले लाई एकै प्रश्न सोधिरहेको छ—
“तिमी परिवर्तन हुनेछौ कि इतिहासबाट बिस्तारै हराइनेछौ” एघारौं रास्ट्रीय महाधिवेशनको निर्णयले नेकपा एमाले को उत्तर तय गर्नेछ।

मङ्गलबार, मङि्सर २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १२ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.