• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अधिकारका लागि उपभोक्ता नै जागरुक बन्नुपर्नेमा जोड

  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

धनगढी, १ चैत । उपभोक्ताले आफ्नो अधिकार सुनिश्चित गर्न स्वयं उपभोक्ता आफै जागरुक बन्नु पर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय सुदूरपश्चिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको आइतबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागीहरुले उपभोक्ता सजग नभएसम्म अधिकारबाट बञ्चित हुनपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले अधिकारका लागि उपभोक्ता आफै जिम्मेवार भएमा धेरै कुरामा सुधार आउने विश्वास व्यक्त गरे । ‘बजारलाई सुधार गर्नका लागि आफैबाट सुधार गर्न आवश्यक छ’, उनले भने । ‘आफ्नो दायित्व सबैले पुरा गर्न आवश्यक देखिएको छ ।’ काम गर्दा देशमा रहेका तीन तहका सरकार बीच समन्वय हुन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा आपुर्ति गर्ने निकायले आफ्नो उत्पादन खानयोग्य भए नभएको आफुलाई नै प्रश्न गर्न आवश्यक रहेको उद्योग वाणिज्य संघ सुदूरपश्चिमका उपाध्यक्ष अनिलकुमार भजनीयाले बताए ।

उनले अनुगमन गर्दा बजार भन्दा पनि कुनै पनि सामग्री उत्पादन गर्ने उद्योगसम्म पुग्न आवश्यक रहेको बताए । पछिल्लो समय अनलाईन मार्केटिङ मुख्य चुनौतीका रुपमा देखिएको हुँदा त्यसमा राज्य संवेदनशिल बन्नुपर्ने उनले सुझाए ।

कार्यक्रममा उपभोक्ताहित संरक्षणका उपाध्यक्ष धनपति ढुंगेलले बजारमा राज्यको बलियो उपस्थिति आवश्यक रहेको औल्याए । उनले हरेक निकायले आफ्नो कर्तव्य पालना गर्न पनि जोड दिए । पछिल्लो समय डिजिटल कन्टेटहरुले बजारलाई धेरै प्रभाव पारेकोले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका कार्यकारी प्रमुख ज्योति भट्टले खरिद गरिसकेको सामान एक हप्ता सम्म फिर्ता गर्न सकीन्ने नीति भए पनि त्यो कार्यान्वयन हुन नसकेको जोड दिए ।

यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले उपभोक्ताले ठगिनबाट बच्नका लागि स्वंयम आफै सचेत बन्नुपर्नेमा उल्लेख गरे । ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नाराका साथ भएको कार्यक्तममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख सुरेश प्रसाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख जोशीले बजार अनुगमन र त्यसको प्रभावका बारेमा आफ्नो प्रस्तुतिमा राखेका थिए । उनले विगत बर्ष भन्दा कमै मात्रामा बजार अनुगमन भएको बताए । भदौ २३ र २४ गते भएको जेज्जी आन्दोलनका कारण बजार अनुगमनका कार्यक्रम प्रभावित भएको उनले बताए । उनले उपभोक्ताहरुलाई अनलाईनबाट पनि गुनासो राख्ने व्यवस्था मिलाएको बताए । त्यसका लागि कार्यालयले आफ्नो साईटमा क्यिुआर राखिएको उनले जानकारी गराए । कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयका प्रमुख हेमन्तबहादुर सिंहको अध्यक्षतामा भएको हो ।

  • अधिकारका लागि उपभोक्ता
आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.