काठमाडौँ- नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।













