धनगढी । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐर अध्यक्षमा नियुक्त भएका छन् ।
राजनीतिक भागबण्डाका आधारमा गरिएको नियुक्तिमा बैतडीका भुपेन चन्द र बाजुराकी कोपिलाकुमारी सिंह एमालेको कोटाबाट चयन भएका छन् भने बाँकी पाँच जिल्लाका अध्यक्ष कांग्रेस को सिफारिसमा नियुक्त गरिएको जनाइएको छ ।
नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिइएको परिषद्ले जनाएको छ । यसअघि नै डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेका छन् ।













