• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

“रिटायर्ड जीवनलाई व्यवसायमा रूपान्तरणः धनगढीका बलदेव भट्टको उदाहरणीय सफलता”

  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित

टंक कुंवर
कैलाली । धनगढी–५, तारानगर निवासी बलदेव प्रसाद भट्ट अहिले अत्यन्त व्यस्त जीवन बिताइरहेका छन्। बैतडी हुँदै डडेल्धुराबाट २०४२ सालमा तराई झरेका भट्ट ३६ वर्ष सरकारी सेवामा वन प्राविधिकका रूपमा कार्यरत रही  भु-संरक्षण अधिकृतबाट सेवा निवृत्त भएका हुन्। तर, निवृत्तिपछि खाली समय कसरी बिताउने भन्ने चिन्तालाई उनले अवसरमा बदले—फुलखेती र नर्सरी व्यवसाय सुरु गरेर।
सरकारी सेवाबाट निवृत्त भएपछि उनले आफ्नो सीप र अनुभवलाई उपयोग गर्दै फुलखेती तथा नर्सरी व्यवसाय रोजेका हुन्। सुरुमा आर्थिक अभाव भए पनि हिमशिखर सहकारी संस्थाबाट ५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय थालेको उनले बताए। “रिटायर्ड लाइफमा के गर्ने भन्ने अन्योल थियो, त्यसैले आफूले जानेको कामलाई नै व्यवसाय बनाउने सोचें,” भट्टले भने।
हाल उनले ५ कठ्ठा जमिनमा फुलखेती र ४ कठ्ठामा नर्सरी सञ्चालन गरिरहेका छन्। नर्सरी व्यवसाय भने परिवारले २०६३ सालदेखि सानो स्तरमा सुरु गरेको भए पनि सेवा निवृत्तिपछि उनले यसलाई विस्तार गरेका हुन्। अहिले उनको नर्सरीबाट फलफूलका बिरुवा, वनविरुवा, डालेघाँस, बाँस, जडिबुटी तथा विभिन्न प्रकारका फूल बिक्री भइरहेका छन्।
भट्टका अनुसार वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार हुने गरेको छ, जसबाट खर्च कटाएर करिब १२ लाख रुपैयाँ बचत हुने गरेको छ। उनका उत्पादनहरू कैलाली, कञ्चनपुर तथा पहाडी जिल्लाहरूमा खपत भइरहेका छन् भने आंशिक रूपमा काठमाडौं, दोलखा र रौतहटसम्म पनि पुग्ने गरेका छन्।
फुलखेतीका लागि उनलाई धनगढी उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र कैलाली र कृषि विकास निर्देशनालय दीपायलबाट ५० प्रतिशत अनुदान सहयोग प्राप्त भएको छ। सहकारीबाट लिएको ऋणले व्यवसाय सुरु गर्न ठूलो सहयोग पुगेको उनको भनाइ छ।
उनका अनुसार फुलको माग अत्यधिक बढ्दो छ। “कैलालीमै माग धान्न गाह्रो हुन्छ, यहाँ खपत नभएपछि मात्र काठमाडौं पठाउने गर्छु,” उनले भने। १३ सदस्यीय परिवारका अधिकांश सदस्य यही व्यवसायमा संलग्न छन् भने एक जना सहयोगीलाई मासिक १८ हजार तलबमा राखिएको छ।
फुलखेतीको मुख्य सिजन कार्तिक, मंसिर र असार महिनासम्म हुने भएकाले त्यसबेला कामको चाप बढ्ने गर्दछ। सो अवधिमा दैनिक ज्यालादारीमा कामदारहरू समेत राख्ने गरिएको उनले बताए।
भट्ट यस व्यवसायबाट अत्यन्त सन्तुष्ट छन्। “अब रिटायर्ड लाइफ कसरी बिताउने भन्ने चिन्ता छैन, जागिरमा सिकेको अनुभवलाई व्यवहारमा उतारिरहेको छु,” उनले भने। साथै, उनी विभिन्न स्थानमा नर्सरी व्यवस्थापन र फुलखेतीसम्बन्धी तालिममा प्रशिक्षकको रूपमा समेत सहभागी हुने गरेका छन्।
उनको सफलताले धेरैलाई प्रेरणा दिएको छ, विशेष गरी सेवा निवृत्तिपछि पनि उत्पादनशील र आत्मनिर्भर बन्न चाहनेहरूका लागि।

  • उदाहरणीय सफलता”
मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.