• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

किष्ट मेडिकल कलेजमा दुई सय जनाको सफल मिर्गौला प्रत्यारोपण

  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित

ललितपुर । ललितपुरमा रहेको किष्ट मेडिकल कलेजले २ सय जनाको सफल रूपमा मिर्गौला प्रत्यारोपण गरेको छ । निजी क्षेत्रका मेडिकल कलेजहरु मध्ये यो संख्या सबैभन्दा बढी हो । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रका अस्पतालहरूमध्ये सबैभन्दा बढी २ सय जनाको सफल रूपमा मिर्गौला प्रत्यारोपण गरेको मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर अभिषेक थापाले बताए ।

‘निजी क्षेत्रका मेडिकल कलेजहरु मध्ये यो ऐतिहासिक उपलब्धि हो’ प्रबन्ध निर्देशक थापाले भने । उनले अन्तर्राष्ट्रिय स्तरका प्रत्यारोपण केन्द्रहरूसँग तुलना गर्न मिल्ने सफलता दर कायम राख्दै यो ऐतिहासिक उपलब्धि हासिल गरिएको बताए ।

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय उपचार, आधुनिक प्रविधि र बिरामी मैत्री सेवामार्फत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । यस सफल यात्रामा अनुभवी तथा दक्ष सर्जनहरू, नेफ्रोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, नर्सिङ तथा प्राविधिक टोलीको समर्पण प्रमुख आधार रहेको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

सेन्टरले नेपालमै पहिलो पटक विभिन्न उन्नत अभ्यासहरू कार्यान्वयन गर्दै जीवित दाताबाट मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । यस प्रक्रियामा दाताको सुरक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिइन्छ । दाता पूर्ण रूपमा स्वस्थ रहेको सुनिश्चित गर्न विस्तृत स्वास्थ्य परीक्षण गरिन्छ र शल्यक्रियापछि पनि निरन्तर निगरानी तथा आवश्यक हेरचाह प्रदान गरिन्छ । जसले दातालाई सुरक्षित र सहज अनुभव सुनिश्चित गर्छ ।

पेयर्ड एक्सचेन्ज पद्धति अथवा बिरामीका आफ्नै परिवारका वा कानुनले तोकेको नजिकका नातेदार दाता मिलेन भने पनि आशा नसकिने मेडिकल कलेज प्रशासनले जनाएको छ । ‘यस्तो समस्या आएमा अर्को बिरामी–दाता जोडीसँग मिलान खोजिन्छ, अर्को दाताको मिल्यो भने साटासाट गरेर पनि मिर्गौला प्रत्यारोपण गरिन्छ’ मेडिकल कलेजका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर स्मीता बमले बताइन ।

किष्टले ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दै आएको छ । यो एक आधुनिक र न्यून चिरफार विधि हो । यस प्रविधिमा सानो चिराबाट विशेष क्यामेरा र उपकरण प्रयोग गरी दाताको मिर्गौला निकालिन्छ । यस विधिबाट दातालाई कम पीडा हुने, रक्तस्राव कम हुने, संक्रमणको जोखिम घट्ने तथा छिटो निको हुने जस्ता फाइदाहरू हुने मेडिकल कलेज प्रशासनले जनाएको छ ।

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले ‘गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य स्वास्थ्य सेवा’ प्रदान गर्ने लक्ष्य लिएर आगामी दिनहरूमा अझ धेरै बिरामीहरूलाई नयाँ जीवन प्रदान गर्ने लक्ष्य लिएको शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.