धनुषा- झारफुक गर्ने बहाना बनाएर धनुषामा मुखियाले एक जना महिलालाई बलात्कार गरेका छन् ।
झारफुकको बाहानामा ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विदेह नगरपालिका–३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखियालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने क्रममा सोमबार महिलाकै घरमा बलात्कार गरेका हुन् । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।














