• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी सुविधा नलिई गरे हमालले सामाजिक क्षेत्रमा ४४ लाख खर्च:५ वर्षमा ११ हजार विद्यार्थी लाभान्वित हुने

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर (नगर प्रमुख) गोपाल हमालले सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँच आर्थिक वर्षमा प्राप्त सेवा सुविधासहित व्यक्तिगत रकम थप गरी कुल ४४ लाख रुपैयाँ सामाजिक काममा खर्च गर्ने बताएका हुन् ।

नगर प्रमुख हमालका अनुसार पाँच आर्थिक वर्षमा उनले सेवा सुविधाबापत ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त गरेका छन् । त्यसमध्ये ५ लाख १७ हजार १ सय २६ रुपैयाँ व्यक्तिगत रूपमा थप गरी सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् ।

नगर प्रमुख हमालले सार्वजनिक शिक्षा सुधार, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच विस्तार, गौ संरक्षण तथा विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा उनले सेवा सुविधाबाट प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षणका लागि ५५ हजार ६ सय ८७ रुपैयाँ तथा दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ दृष्टि फाउन्डेशन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, अपाङ्ग संघ, दक्षिणकाली बहिरा विद्यालय तथा पञ्चोदय माध्यमिक विद्यालयलाई वितरण गरिएको उनले बताए । सोही वर्ष उनले २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको लुगासमेत सहयोग गरेका थिए ।

नगर प्रमुख हमालले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । उनले सो वर्ष सरकारी सेवा सुविधाबाट प्राप्त रकममार्फत सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको बताए ।

उनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उल्लेख गर्दै भने, ‘रोजगारीको सुविधा नभएका क्षेत्रका विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको छु । शिक्षकहरूको सुझावका आधारमा यो अभियान चलाइएको हो । बुवाको पाइन्टमा डोरी बाँधेर विद्यालय आउने विद्यार्थी देखेपछि यो काम सुरु गरेको हुँ ।’

आर्थिक वर्ष २०८१/८२ मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ सेवा सुविधासहित १ लाख रुपैयाँ व्यक्तिगत रकम थप गरेर उनले १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका छन् । उक्त रकमबाट ४७ सामुदायिक विद्यालयका ७ हजार ४ सय ७५ विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए ।

नगर प्रमुख हमालका अनुसार चालु आर्थिक वर्षसम्म उनले सेवा सुविधाबापत कुल ३८ लाख ८२ हजार ८ सय ६३ रुपैयाँ प्राप्त गर्नेछन् । हालसम्म २३ लाख ९० हजार ८ सय ८७ रुपैयाँ सामाजिक क्षेत्रमा खर्च भइसकेको र १४ लाख ८५ हजार १ सय ९५ रुपैयाँ बाँकी रहेको उनले बताए । बाँकी रकमसमेत चालु शैक्षिक सत्रभित्र शैक्षिक सामग्री वितरणमा खर्च गरिने उनले जानकारी दिए ।

नगर प्रमुख पदका लागि निर्वाचन लड्दा उनले सरकारी सेवा सुविधा र सवारी साधन नलिने घोषणा गरेका थिए ।

  • मेयर गोपाल हमाल
शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.