कञ्चनपुर- कञ्चनपुरमा डेंगु लागेर एक किशोरीको ज्यान गएको छ। कञ्चनपुर बेलौरी नगरपालिका–१० भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको हो। उनलाई बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी थियो ।
करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो। गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो। ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पुर्याइएको आफन्तले बताए।
उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको हो । चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।























