• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

“सुरक्षित, हरित तथा जलवायु उत्थानशील विद्यालय” निर्माणका लागि नौं बुँदे प्रतिबद्धता व्यक्त

  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधिहरूले “सुरक्षित, हरित तथा जलवायु उत्थानशील विद्यालय” निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरक्षित तथा हरित विद्यालय र जलवायु उत्थानशील शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा विद्यालयलाई सुरक्षित, वातावरणमैत्री तथा विपद् उत्थानशील बनाउँदै गुणस्तरीय शिक्षाको आधार तयार गर्ने उद्देश्यसहित उनीहरूले नौ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिबद्धता अनुसार स्थानीय तहभित्र रहेका विद्यालय भवन, खानेपानी, शौचालय तथा अन्य संरचनाहरूलाई भूकम्प, बाढी, पहिरो, आगलागी लगायत बहु–प्रकोपबाट सुरक्षित हुने गरी निर्माण, मर्मत तथा स्तरोन्नति गरिनेछ। साथै जलवायु अनुकूल पूर्वाधार विकासलाई प्राथमिकता दिइने जनाइएको छ ।

त्यस्तै प्रत्येक विद्यालयमा विद्यालय सुरक्षा योजना, आपतकालीन कार्ययोजना, नियमित विपद् अभ्यास (मक ड्रिल) तथा प्रारम्भिक चेतावनी प्रणाली प्रभावकारी रूपमा लागू गरिने प्रतिबद्धता जनाइएको छ। विद्यालयस्तरमै विपद् जोखिम न्यूनीकरण तथा तयारी योजनालाई व्यवहारमा उतार्ने लक्ष्य राखिएको छ ।

प्रतिबद्धतामा विद्यालय परिसरलाई हरित र वातावरणमैत्री बनाउने विषयलाई समेत प्राथमिकता दिइएको छ । वृक्षारोपण, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण, वर्षा पानी संकलन तथा स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै हरित विद्यालय अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।

विद्यालयको सिकाइ प्रक्रिया, अतिरिक्त क्रियाकलाप तथा इको–क्लबमार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
बालबालिका, अपाङ्गता भएका विद्यार्थी, किशोरी तथा विपन्न समुदायका बालबालिकाले सुरक्षित, समान र भयरहित सिकाइ वातावरण प्राप्त गर्ने सुनिश्चितता पनि प्रतिबद्धतामा समेटिएको छ ।
स्थानीय तहले विद्यालय सुरक्षा, हरित विद्यालय तथा जलवायु उत्थानशील शिक्षा कार्यक्रमका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्ने जनाएको छ । साथै अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समिति, युवा समूह तथा विकास साझेदार संस्थासँग सहकार्य र समन्वयलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण, तयारी, प्रतिकार्य तथा पुनर्लाभ कार्यलाई प्रभावकारी बनाउन स्थानीय तथा प्रदेशस्तरीय शिक्षा समूह गठन, पुनःगठन तथा परिचालन गर्ने व्यवस्था मिलाइनेछ। विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको क्षमता विकासका लागि तालिम, अभिमुखीकरण तथा गोष्ठी सञ्चालन गरिने प्रतिबद्धता समेत जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूले सुरक्षित, हरित तथा जलवायु उत्थानशील विद्यालय निर्माणलाई आगामी शिक्षा विकासको प्रमुख आधारका रूपमा अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बहुउद्देश्यीय सेवा समाजको सहकार्य तथा समन्वयमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले गरेका थिए । कार्यक्रममा विद्यालयलाई सुरक्षित, वातावरणमैत्री र जलवायु परिवर्तनप्रति उत्थानशील बनाउने विषयमा विस्तृत छलफल गरी नौं बुँदै प्रतिवद्धता गरिएको हो ।

अभिमुखीकरणका क्रममा विद्यालय पूर्वाधारको सुरक्षा, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, स्वच्छ खानेपानी, सरसफाइ तथा जलवायु परिवर्तनले शिक्षाक्षेत्रमा पार्ने प्रभावका विषयमा प्रस्तुति तथा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले सुरक्षित तथा हरित विद्यालय निर्माणका लागि आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जलवायुमैत्री शिक्षा प्रणाली विकास गर्न स्थानीय सरकार, विद्यालय र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालि नौं बुँदे प्रतिवद्धतापत्र घोषणा गरिएको थियो ।

  • “सुरक्षित
  • हरित तथा जलवायु उत्था
बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.