धनगढी । व्यवसायी कोपीला कुँवर धनगढीको नवजीवन सहकारी संस्थाको कार्य समिति सदस्य पदमा विजयी भएकी छन् । अध्यक्षमा जितेका गोपालराज पाठकको प्यानलबाट उम्मेदवारी दिएकी कुँवरले लोकप्रिय मतका साथ चुनाव जितेकी हुन् ।
कुँवरले चार हजार ११२ मत प्राप्त गरेकी छन् । उनी सदस्यमा सबैभन्दा धेरै मत प्राप्त गर्ने सूचीको दोस्रो नम्बरमा परेकी छन् । पहिलोमा भने पाँच हजार १४३ मत पाएका केशवराज जोशी छन् ।
गत असोजमा भएको उद्योग वाणिज्य संघ कैलालीको चुनावमा कोपीलाले सचिव पदमा उम्मेदवारी दिएकी थिइन् । सचिवमा स्वतन्त्र उम्मेदवारी दिएकी कुँवरले तीन सय ३३ मत पाएपनि चुनाव जित्न सकिनन् ।
तर, नवजीवन सहकारी संस्थाको चुनावमा भने उनले सफलता हात पारेकी छन् । चुनाव जितेपछि कुँवरले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएकी छन् भने संस्थाको बहुआयामिक विकास र सुधारको लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
यस्तो छ उनको स्टाटस
देशकै अग्रणी सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेड जस्तो गरिमामय संस्थाको कार्यसमिति सदस्य पदमा मलाई लगायत मेरो सम्पूर्ण टिमलाई बहुमुल्य मत दिई अत्यधिक बहुमतले बिजय बनाईदिनु भएकोमा,मतदाताहरु÷ सेयर सदस्यज्युहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु।
हाम्रो टिमलाई बिजय गराउन प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग,सद्भाव र सुझाव दिईरहनुहुने मेरो श्रीमान ,बुवा, आमा लगायत सम्पूर्ण परिवार ,ईष्टमित्र दाजुभाइ ,पत्रकारज्यूहरु र सबै सबै महानुभावहरु प्रति ऋणी छु।
यो बिजय पश्चात् खुसियाली संगै थप जिम्मेवारी र कर्तव्य प्राप्त भएको अनुभुती गरेको छु। मेरो ब्रह्मले भ्यायसम्म यस सहकारी संस्थाको को बहुआयामिक विकास र सुधारको लागि संधै तत्पर रहने छु। फेरि पनि तपाईंहरु लाई हृदय देखि धन्यवाद ज्ञापन गर्दछु ।













