• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि जनप्रतिनिधिसँग बालबालिकाका माग

  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

टीकापुर । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका लागि प्राथमिकता दिने गरी नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनका लागि माग गरिएको छ ।

यहाँका बालबालिकाले आगामी आर्थिक वर्षको बजेटमा विपन्न, अभिभावकविहीन तथा समस्यामा रहेका बालबालिकालाई प्राथमिकतामा राख्न त्यस्तो माग गरेका हुन् । बालिका बिनिता चौधरीले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारमा काम गर्नुपर्ने, बालविवाह, बालश्रम, बालहिंसा रोकथाममा पालिकाले नीति तथा कार्यक्रममै व्यवस्था गर्नुपर्ने माग गरिन् ।

अर्की बालिका निर्मला विकले बालिका बलात्कार तथा यौनजन्य हिंसाको जोखिममा परिरहेकाले यौन दुव्र्यवहारबाट सुरक्षा, जोखिममा रहेका बालबालिकाको संरक्षणको जिम्मा पालिकाले लिनुपर्ने माग गरिन् । बालिका किरण लोनियाले बालबालिकाका लागि हरेक विद्यालयमा पुस्तकालय, खेलमैदान, कला र संस्कृति संरक्षण र नेतृत्व विकासमा लगानी गर्नुपर्ने माग गरे ।

“मुश्लिम बस्तीमा अहिले पनि बालविवाह छ, धेरै अभिभावकले छोरीलाई विद्यालय पठाउँदैनन्”, उनले भने, “बालविवाहका कारण धेरै बालिका समस्यामा छन् । उमेर नपुग्दै आमा बन्छन् । मुश्लिम समुदायलाई यस्ता सवालम सचेत बनाउन, शिक्षा र स्वास्थ्यमा लगानी बढाइदिन आग्रह छ ।”

कैलारी गाउँपालिकाका दिपु चौधरीले अपाङ्गता भएका बालबालिकाका लागि विशेष सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिन् । “स्थानीय पालिकामा योजना छनोट गर्दा बस्तीस्तरमा हुने भेला, वडास्तरीय छलफललगायत कार्यमा हामीलाई पनि सहभागी गराइदिनुस”, उनी भन्छन्, “विद्यालयमा खानेपानी तथा सरसफाइको कमी छ । शौचालय व्यवस्थित छैनन्, यसतर्फ पनि लगानी बढाउनुप¥यो ।”

कतिपयले बालबालिकामाथि अनलाइन दुव्र्यवहार र साइबर जोखिम बढेको गुनासो गर्दै सुरक्षित इन्टरनेटको प्रयोगबारे जनचेतना जगाउनुपर्ने माग गरेका छन् । यसका साथै महिनावारी व्यवस्थापनमा सहयोगका लागि हरेक विद्यालयमा सम्पर्क शिक्षकका रूपमा महिला शिक्षकलाई राख्नुपर्ने माग गरेका छन् ।

हालै यहाँको भजनीमा आयोजित कार्यक्रममा सहभागी बालबालिकाले यस्तो माग गरेका हुन् । गर्मीमा पर्याप्त पङ्खा नहुँदा विद्यालयमा अध्ययन गर्न समस्या भइरहेको, शौचालय फोहोर हुँदा संक्रमणको जोखिम रहेको र समुदायमा अझै छाउपडी प्रथा रहेकाले पठनपाठनमा चुनौती रहेको बालबालिकाको गुनासा छन् ।

कार्यक्रम वल्ड भिजन इन्टरनेशनल नेपाल र बालकल्याण सङ्घ टीकापुरको आयोजनामा कैलालीमा सञ्चालित बाल समृद्धिका लागि हातेमालो तथा एकीकृत विकास कार्यक्रमअन्तर्गत भएको हो । कार्यक्रममा भजनी नगरपालिका, महिला बालबालिका शाखा प्रमुख रिजु चौधरी बालविवाह, लागू अवस्था दुव्र्यसन, बीचैमा विद्यालय छोड्ने दर र बालबालिकामा आत्महत्याका घटना बढ्दै गएको बताउँछन् ।

नगर उपप्रमुख राजु तिरुवा पालिकाले बालविवाह न्यूनीकरणका लागि मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने महिलालाई प्रोत्साहनका कार्यक्रम अगाडि बढाइएको र त्यसलाई विस्तार गरिने योजना सुनाउँछन् । “हामीले प्रोत्साहनका लागि कम्बल वितरणलगायत कार्यक्रम गरिरहेका छौँ । पहिलो वर्ष तीनजना मात्रै आएकामा दोस्रो वर्ष २६ महिलाले बन्ध्याकरण गरेको भनेर सम्पर्क गरेका छन्”, उनी भन्छन्, “यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने छ । नागरिकलाई सचेत गराउन विभिन्न कार्यक्रम र लाखौँ लगानी गरिरहेको भए पनि प्रतिफल खासै नदेखिएकाले रणनीति बदल्दैछौँ ।”

नगरप्रमुख केवल चौधरीले बालबालिकाका समस्यामा आफू गम्भीर रहेको भन्दै कार्यक्रममा उठेका जिज्ञासा सम्बोधन, समस्या भएका विद्यालयमा शिक्षा शाखासँग समन्वय गरेर सुधारका प्रयास गरिने बताए ।

बालकल्याण सङ्घका संरक्षण अधिकृत इन्द्रराज जोशीले परियोजनाले बालबालिकाको शिक्षामा पहुँच र निरन्तरता बढाउन जोखिममा रहेका बालबालिकाको सुरक्षा र संरक्षण गरिने बताएयो । उनले बालबालिकाको सहभागिता बढाउन, किशोर किशोरीलाई जीवन उपयोगी शिक्षा दिन, बालविवाह, बालश्रम, हिंसा तथा दुव्र्यवहारविरुद्ध अभियान सञ्चालन गरिएको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले पालिकाले अति विपन्न, अभिभावकविहीन बालबालिकालाई सहयोग, स्वास्थ्य परीक्षण, क्षमता विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिइन् । “हाल बस्तीस्तरमा टोल भेला भइरहेकाले आफ्ना योजना समावेश गर्न भेलामा सहभागिताका लागि बालबालिकालाई आग्रह गरिरहेका छौँ”, उनले भनिन्, “बालबालिकाको पोषण सुधार, पत्रु खानाको प्रयोग कम गर्न अभिभावक र बालबालिका जिम्मेवार बनाउन आवश्यक रहेकाले सोहीअनुसार कार्यक्रम गर्छौं ।”

कैलारी—८ का वडाध्यक्ष तारामल कठरियाले बालबालिकालाई तत्काल योजना ल्याउन आग्रह गर्दै केही योजना सम्बोधन गर्न आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाए । उनले बालविवाह, लागुऔषध नियन्त्रणमा प्राथमिकता दिएर काम गर्ने बताए ।

वडासदस्य लक्ष्मी चौधरी पहिलो पटक बालबालिकाका धेरै माग सुन्न पाउँदा खुसी लागेको बताउँछन् । रासस

  • गुणस्तरीय शिक्षामा पहुँच वृ
आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.