धनगढी । धनगढीस्थित कैलाली अस्पतालले सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा योगदानकर्ताका लागि उपचार सेवा सुरु गरेको छ।
अस्पताल र सामाजिक सुरक्षा कोषबीच भएको सम्झौतापछि कोषमा आवद्ध व्यक्तिहरूले अब अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा पाउने भएका छन् ।
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले कोषको व्यवस्था अनुसार विभिन्न स्वास्थ्य सेवाहरू पाउने अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।
सेवा लिन आउँदा सामाजिक सुरक्षा कोषको परिचयपत्र तथा आवश्यक कागजात साथमा ल्याउन आग्रह उनले आग्रह गरे ।
उपचारमा लाग्ने खर्चको २० प्रतिशत रकम लाभग्राहीले व्यहोर्नुपर्ने जनाइएको छ ।
सेवा सञ्चालनसँगै कोषमा आवद्ध हजारौँ नागरिक लाभान्वित हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।
सामाजिक सुरक्षा कोषले देशभरका स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै आफ्ना योगदानकर्तालाई स्वास्थ्य उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्ने नीति अनुरूप कैलाली अस्पतालसँग पनि सेवा विस्तार गरेको जनाइएको छ।
यस सेवाको सुरुवातसँगै कैलाली तथा अन्य जिल्लाका सामाजिक सुरक्षा कोषमा आवद्ध नागरिकले उपचार सेवा प्राप्त गर्न सक्ने भएका छन् ।













