धनगढी । आइतबार बिहान ७ः२० बजे पवनदूत यातायातको बस नम्बर सु.प.प्र. १३५५ ब्रेक फेल भएर बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१० स्थित मालिका बजार नजिकै दुर्घटनाग्रस्त भएको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। स्थानीय बासिन्दा, व्यापारी, प्रहरी, यातायात व्यवसायी तथा जनप्रतिनिधिको तत्काल सहयोगमा घाइतेहरूको उद्धार गरिएको हो ।
सबै घाइतेहरूलाई जिल्ला अस्पताल बाजुरा र बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था बारे थप जानकारी आउन बाँकी छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ।














