• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ मिनेट 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो ।

पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खाने तेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ ।

निदान नभएका क्षयरोगीका कारण समुदायमा क्षयरोग फैलने जोखिम उच्च भएकाले पालिकाले निदानलाई प्राथमिकता दिएर काम गरिरहेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले बताए ।

“क्षयरोगका बिरामीलाई पोसिलो खानेकुरा चाहिन्छ, हामीकहाँ गरिब परिवारका सदस्यमा क्षयरोग धेरै देखिने गरेको छ”, उनी भन्छन्, “त्यसैले अति गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका हौँ ।”

पालिकाले नियमित रूपमा पोषण सहयोग गर्ने गरेको छ । गत वर्ष ११७ जनालाई पोषण सहयोग गरेको थियो । “अभियानलाई हामीले तीव्र बनाएका छौँ, तर बजेट घट्दै गएको छ”, अधिकृत रावलले भने, “यस वर्ष क्षयरोग मुक्त पालिका अभियानका लागि रु सात लाखमात्र बजेट थियो । गत वर्ष रु २४ लाख ३३ हजार बजेट थियो । केन्द्रले नै बजेट घटाउँदै लगेको छ ।”

क्षयरोगका बिरामीको खोज पड्तालका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा पठाउने, क्षयरोग स्वयंसेवक हरेक वडामा खटाएको, निदानका लागि शिक्षक, बडघर, भल्मन्सालाई परिचालन गरेको पालिकाले जनाएको छ । यसका साथै क्षयरोगी निदानका लागि समुदायमै परीक्षण शिविर, एआई एक्स–रे मेसिनबाट परीक्षणजस्ता काम भइरहेका विजयनगर सहरी स्वास्थ्य केन्द्रका क्षयरोग स्थानीय स्रोत व्यक्ति स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले बताए ।

यहाँ क्षयरोग निदान र नियन्त्रणका लागि निःशुल्क खकार परीक्षण, टीकापुर अस्पतालमा जिनएक्सपर्ट प्रविधिबाट क्षयरोग निदान गरिने गरिएको छ । “समुदायमा खोज पड्ताल नियमित रूपमा गरिरहेका छौँ”, पोख्रेलले भने, “विद्यालय, समुदाय र मिडियामार्फत पनि क्षयरोगसम्बन्धी जनचेतना जगाउने काम भइरहेका छन् । हामीले क्षयरोगीको सम्पर्कमा रहेका परिवारका सदस्यको पनि स्क्रिनिङ तथा परीक्षण गर्ने गरेका छौँ ।”

पालिकाले औषधि प्रतिरोधी क्षयरोग पहिचानका लागि धनगढी वा नेपालगन्ज जानुपर्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेको छ । टीकापुरमा यस वर्ष १७४ क्षयरोगका बिरामी भेटिएका छन् । टीकापुर अस्पतालसहितका टीकापुरका सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि ‘डट्स’ कार्यक्रम सञ्चालनमा छ । यहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित रूपमा औषधि सेवन गराउने, औषधि बिचमै छोड्ने समस्या कम गर्ने कार्यमा सघाउने गरिएको छ । देशैभरिका स्वास्थ्य संस्थामा क्षयरोगको सबै उपचार निःशुल्क हुने गरेको छ ।रासस

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ मिनेट 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.