• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २३ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गाउँ-गाउँ र घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शाह

  •   शनिबार, असार २०, २०८३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिएका छन ।

शनिबार धनगढीमा आयोजित द लास्ट माइल हेल्थ समिट–२०८३ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले प्रदेश सरकार गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए ।

उनले आफू मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषय नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गरे ।

तीमध्ये दुई वटा अस्पतालले मापदण्ड पूरा गरी प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भइसकेको र बाँकी तीन वटालाई मापदण्ड पूरा गराई विशेषज्ञ सेवा प्रवाह गर्ने तयारीमा सरकार रहेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेटमा कैलालीको टीकापुर, सेती र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी १०० शय्याको बनाउने तथा जिल्ला अस्पतालहरूलाई २५–५० शैयामा स्तरोन्नति गर्ने योजना समेटिएको जानकारी दिए। साथै, प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवाको विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए।

उनले बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाइने उल्लेख गरे । स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि प्रदेश सरकार संवाद र छलफलका लागि सदैव तयार रहेको उनले स्पष्ट पारे । यद्यपि स्रोत–साधनको अभावका कारण केही कामहरू अपेक्षित रूपमा अगाडि बढ्न नसकेको पनि उनको भनाइ थियो।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रस्तुतीकरण गर्दै प्रदेशमा सञ्चालित डिजिटल स्वास्थ्य प्रणालीबारे जानकारी दिए । उनका अनुसार २० वटा नगरपालिकामा स्मार्ट हेल्थ किट, अछाम जिल्लाका पालिकाहरूमा Nyaya Health Nepal/Possible Community Health Programme, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा Electronic Health Records, साथै प्रदेशमा Medic Mobile र Health Dashboard सञ्चालनमा रहेका छन्।

प्रस्तुतीकरणका क्रममै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा Digital Health का सन्दर्भमा सामाजिक विकास मन्त्रालयले “स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति” भन्ने नारा सहित विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन टेलिहेल्प कार्यक्रम संचालन गर्दै प्रदेश मातहतका अस्पतालहरूमा इलेक्टोनिक मेडिकल रेकर्ड प्रणालीको वप बिस्तार र व्यवस्थापनलाई समेटिएको जानकारी दिए । उनले ग्रामीण समुदायको बिशेषज्ञ चिकित्सा सेवासंगको पहुँच बढाउन स्वास्थ्य क्षेत्रमा डिजिटलाईजेसन (स्वास्थ्यको एकिकृत ड्यास बोर्ड, इलेक्ट्रोनिक परिवार स्वास्थ्य प्रोफाईल, टेलिमेडिसिन, जी.आ.ई. एस. कोडिंग लगायत) लाई थप विस्तार र सुदृ‌ढीकरण गर्दै प्रदेश मातहतका अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको थप विस्तार र व्यवस्थापन गर्न आवश्यक बजेटको प्रवन्ध प्रदेश सरकारले गरेको बताए ।

बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिका तथा Smart Health Global को संयुक्त आयोजनामा धनगढीमा उक्त समिट आयोजना गरिएको हो। समिटमा बाजुराका चार पालिकाका जनतासँग डिजिटल स्वास्थ्य सेवा प्रवाहका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिममा स्वास्थ्य समस्या केवल रोगमा मात्र सीमित नभई दूरी, बाटो, समय र पहुँचसँग पनि जोडिएको विषय औंल्याइएको थियो।

बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शनिबार, असार २०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २३ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.