• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

  •   आइतबार, असार २१, २०८३ मा प्रकाशित

बैतडी । बैतडीमा निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

“बैतडीको खोडपे आसपासका क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । ट्रमा सेन्टर सञ्चालनमा आउन नसक्दा विपद् र दुर्घटनामा घाइते भएकाको उपचारमा समस्या भइरहेको छ”, सिँगास गाउँपालिका-१ का जगदीश ऐरले भने, “उपचारका लागि डडेल्धुरा अस्पताल पठाउनुपर्ने भएकाले घाइतेको ज्यानै जोखिममा पर्ने गरेको छ ।”

नगरपालिकाको रु १० लाख र सङ्घीय सरकारको रु ५० लाख लागतमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो। भवन र केही उपकरण उपलब्ध भएपनि आवश्यक थप उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए।

“भवनसँगै स्पाइनल ब्याकबोर्ड, एइडी उपकरण, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर, थप १५ शय्यालगायत सामग्री राखिएको छ । अन्य थप उपकरण र जनशक्तिको व्यवस्थापन भने हुन सकेको छैन”, महराले भने, “एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफनर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए यो सेन्टर तत्काल सञ्चालन गर्न सकिन्छ ।”

आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माण सम्पन्न भएको थियो । तत्काल आवश्यक उपकरण व्यवस्थापन गरी ट्रमा सेन्टर सञ्चालनको माग गर्दै प्रदेश र सङ्घीय सरकारलाई पटकपटक जानकारी गराउँदै आए पनि हालसम्म कुनै सुनुवाई नभएको पाटन-८ का वडाध्यक्ष हरिश विष्टले बताए।

“गत चैत २२ गते नगरपालिकाले ट्रमा सेन्टर सञ्चालनका लागि तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपकरण र जनशक्ति व्यवस्थापनको माग गर्दै पत्र पठाएको थियो”, वडाध्यक्ष विष्ट भने, “अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।”

दशरथचन्द राजमार्ग, महाकाली र जयपृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन खोडपे भएर गुड्ने जनाउँदै उनले यो क्षेत्र जोखिमपूर्ण मानिएकाले यहाँ बर्सेनि सवारीसाधन दुर्घटना हुने तथा समयमा उपचार सेवा नपाउँदा घाइतेले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए। रासस

 

आइतबार, असार २१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १६ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.