• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सुरक्षित गर्भपतन सेवा सम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड

  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित

धनगढी । सुरक्षित गर्भपतन सेवा सम्बन्धी सचेतना अभिवृद्धि गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्वास्थ्य लाइभ मिडिया काठमाण्डौंले आज धनगढीमा आयोजना गरेको सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानुन कार्यान्वयन र वर्तमान अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सुरक्षित गर्भपतन सेवा सम्बन्धी सचेतना फैलाउनु पर्नेमा जोड दिएका हुन ।

सहभागीहरुले सुरक्षित गर्भपन सेवा विस्तार गर्नुपर्ने बताउँदै यसलाई सर्वसुलभ र पहुँचयोग्य बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै सुदूपश्चिम प्रदेशका मुख्यनायाधिवक्ता ठेकेन्द्रराज जोशीले यो सेवा स्थानीयस्तरसम्म विस्तार गर्न आवश्यक रहेको बताए । उनले सुरक्षित गर्भपतन असुरक्षित गाउँमा गर्न नहुने बताउँदै असुरक्षित गर्भपतन गराउनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । त्यस्तै,सुरक्षित गर्भपतन सेवा सम्बन्धी सचेतना फैलाउन आवश्यक रहेको बताए ।

त्यस्तै,कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापाले गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाबारे व्यापक प्रचारप्रसार हुनुपर्ने बताए । उनले सेवाको पहुँच बढाउनुपर्ने बताउँदै सर्वसुलभ,निःशुल्क र विशेषज्ञ सेवा हुनुपर्नेमा जोड दिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले ठ्याक्कै समय जानकारीमा नआउँदा असुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा अनुगमन गर्न पनि समस्या हुने गरेको बताए । उनले यस सम्बन्धी कार्यविधि वनाएर अगाडि बढ्न सके सहज हुने बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले १८ वर्षमुनीका बालिकाको गर्भपतनकामा केही कानुनी जटिलता आउने गरेको बताउँदै यसको कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले सुदूरपश्चिममा सुरक्षित गर्भपतनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले सुदूरपश्चिममा एक वर्षमा करिब ८ लाख ६२ हजार १९९ महिलाले गर्भाधान गर्ने,त्यसको करिब ५२ प्रतिशत अनिच्छित गर्भाधान हुने त्यसको ६६ प्रतिशतले गर्भपतन गराउने र त्यसमध्ये ५२ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराउने गरेको बताए ।

उनले अझै पनि असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै रहेको बताए । यस प्रदेशमा चालु आवको जेठसम्म १४ हजार ७३४ जना महिलाले गर्भपतन गएकाकोमा २० वर्षमुनीका ६७३ जना रहेको उनले बताए ।

सुरक्षित गर्भपतन सेवा मातृमृत्यु दर घटाउँदै लगेको उनले बताए । उनले गर्भपतन सेवाका लागि सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मी दुवै सुचिकृत हुनुपर्ने बताउँदै सुदूरपश्चिममा ३९४ सार्वजनिक तथा १० वटा निजी स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिइँदै आएको बताए ।
कार्यक्रममा अधिवक्ता रेणु प्रधान श्रेष्ठले गर्भवती सेवा सम्बन्धी कानुन कार्यन्वयनमा देखा परेका चुनौति र अपराधिरण तथा गेटा अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा जगदीश बिष्टले सुरक्षित गर्भपतन सेवा कानुनी कार्यान्वय र वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालको कानुनअनुसार इजाजतप्राप्त स्वास्थ्य संस्था तथा इजाजतप्राप्त स्वास्थ्यकर्मीबाट महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न सक्ने,जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गर्न सक्ने र विशेष अवस्थामा गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

स्वास्थ्य लाइभ मिडियाका सम्पादक अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण श्याम लम्सालले गरेका थिए ।

आइतबार, असार २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.