• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा बर्ड फ्लुको जोखिम उच्च सतर्कता अपनाउन आग्रह

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

धनगढी। काठमाडौं उपत्यकासहित देशका ११ जिल्लामा बर्ड फ्लु संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रदेशमा हालसम्म संक्रमण पुष्टि नभए पनि जोखिम कायम रहेकाले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला केन्द्र, धनगढीले सबै सरोकारवालालाई सचेत रहन अनुरोध गरेको हो।

केन्द्रले भारत तथा नेपालका अन्य जिल्लाबाट चराचुरुङ्गीको अनियन्त्रित ओसारपसार नगर्न तथा कुखुरा फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

पशु चिकित्सक डा.विनोद संजेलका अनुसार सुदूरपश्चिममा हालसम्म बर्ड फ्लुको संक्रमण पुष्टि भएको छैन। “हरेक दिन कृषकले बिरामी कुखुरा परीक्षणका लागि ल्याउनुहुन्छ। हालसम्म गरिएका सबै परीक्षणमा बर्ड फ्लु संक्रमण देखिएको छैन,” उनले बताए।

उनका अनुसार बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार प्रदेशभरका कुखुरा फार्मको नियमित निगरानी, शंकास्पद तथा मरेका कुखुराको सुरक्षित व्यवस्थापन र आवश्यक अनुसन्धान भइरहेको छ। हाल सुदूरपश्चिमका नौ जिल्लामा कुखुराको नमुना परीक्षणसमेत जारी रहेको उनले जानकारी दिए।

डा.संजेलले अकस्मात धेरै कुखुरा मर्नु, श्वासप्रश्वासमा समस्या देखिनु, लोती (कलगी) सुन्निनु वा अन्य असामान्य लक्षण देखिएमा तत्काल नजिकको भेटेरिनरी अस्पताल वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जानकारी गराउन आग्रह गरेका छन्।

हाल नेपालका ७७ जिल्लामध्ये ११ जिल्लामा बर्ड फ्लु संक्रमण देखिएको छ। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी तथा बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा अझै संक्रमणको प्रकोप रहेको डा.संजेलले बताए।

बर्ड फ्लु कुखुरा तथा अन्य पन्छीमा विषाणुका कारण हुने अत्यन्त संक्रामक रोग हो। यसले ठूलो संख्यामा पन्छीको मृत्यु गराउन सक्छ भने मानिसमा समेत सर्न सक्ने जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

रोगको जोखिम न्यूनीकरणका लागि फार्ममा प्रवेश गर्दा फुटबाथ वा डिसइन्फेक्टेन्ट स्प्रे प्रयोग गर्ने, फार्ममा छुट्टै कपडा र जुत्ता लगाउने, एउटा फार्मबाट अर्को फार्ममा अनावश्यक आवतजावत नगर्ने, सवारीसाधन तथा खोरको नियमित निसंक्रमण गर्ने, मरेका पन्छीलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने र साबुनपानीले नियमित हात धुने जस्ता उपाय अपनाउन डा. संजेलले आग्रह गरेका छन्।

  • संक्रमण
मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.