कैलाली ।सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति सुदूरपश्चिम प्रदेश कैलालीले आज विश्वविद्यालय हाताभित्र उम्रिएका झाडी सरसफाई गरेको छ । विश्वविद्यालयको आह्वानमा संघर्ष समितिले आयोजित सरसफाई अभियानमा धनगढी अत्तरियाका स्थानीय र सुरक्षा निकाय एवं विद्यार्थीहरूको सहभागितामा सरसफाई गरिएको हो ।















