• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

  •   मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित

कैलाली । धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन् । प्राप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न भएका थिए । तीमध्ये केमिस्ट्री तथा नार्कोटिक्सका एक हजार ३७ नमूना रहेको कार्यालय प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए ।

यसैगरी विवादित प्रलेखसम्बन्धी ४१ केस प्राप्त भई ४५ परीक्षण, डिएनएसम्बन्धी तीन केस प्राप्त भई नौ वटा नमूना परीक्षण तथा बायोलोजी÷सिरोलोजी तथा वन्यजन्तु शाखामा दुई केस प्राप्त भई तीन नमूना परीक्षण सम्पन्न भएका छन् ।

आवको अन्तिम अर्थात् असार महिनामा मात्रै ९१ नयाँ केसमा एक सय नौ नमूना परीक्षण गरिएका छन् । तीमध्ये ८९ केसका एक सय चार नमूना लागुऔषधसम्बन्धी रहेका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आव २०८१/८२ को वार्षिक प्रतिवेदनले पनि धनगढी शाखामा लागुऔषधसम्बन्धी परीक्षणको चाप उच्च रहेको देखाएको छ । गत आवमा शाखामा एक हजार ३३६ केसका तीन हजार ३८० नमूना प्राप्त भएका थिए । तीमध्ये एक हजार २६९ केस (करिब ९५ प्रतिशत) लागुऔषधसम्बन्धी, ३१ बायोलोजी तथा डिएनए र ३६ विवादित प्रलेखसम्बन्धी थिए ।

प्रतिवेदनअनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्ला मात्र नभई कर्णाली र लुम्बिनी प्रदेशबाट समेत लागुऔषधका नमूना परीक्षणका लागि धनगढी शाखामा आउने गरेका छन् ।

प्रयोगशालाले लागुऔषध, डिएनए, जैविक नमूना तथा विवादित कागजातको वैज्ञानिक परीक्षण गरी प्रहरी, अदालत तथा अन्य अनुसन्धान निकायलाई प्रमाणमा आधारित अनुसन्धान र न्याय सम्पादनमा सहयोग पुर्‍याउँदै आएको कार्यालय प्रमुख चौधरीले बताए । लागुऔषध कारोबार र ओसारपसारका घटनामा वैज्ञानिक प्रमाणको महत्व बढ्दै जाँदा प्रयोगशालामा आउने नमूनाको सङ्ख्या पनि निरन्तर बढिरहेको उनको भनाइ छ ।

“प्रयोगशालामा आउने अधिकांश केसहरु लागुऔषधका रहेका छन् भने ती केस प्रहरीमार्फत आउँछन् । प्रयोगशाला विस्तारपछि सुदूरपश्चिममा लागुऔषध नियन्त्रण, अनुसन्धान र अभियोजनका लागि वैज्ञानिक प्रमाण उपलब्ध गराउन प्रयोगशालाको भूमिका निरन्तर बढ्दै गएको छ,” चौधरीले भने ।

प्रयोगशालाले आव २०८१/८२ देखि डिएनए परीक्षण सेवासमेत दिइरहेको छ । यसबाट पितृत्व तथा जैविक नाता निर्धारण, व्यक्ति पहिचान, वन्यजन्तु अपराध र अन्य जटिल घटनाको वैज्ञानिक विश्लेषण गर्न सहज भएको छ ।

सरकारको हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने नीतिअनुसार आव ०७६/७७ को अन्त्यतिर धनगढीमा शाखा कार्यालय विस्तार भई आव २०७७/७८ देखि कार्यारम्भ भएको थियो । यसले नमुना परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य भई लागत र समयको बचत हुनुका साथै न्यायसम्पादनमा समेत टेवा पुगेको जनाइएको छ ।रासस

 

मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.