• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित

धनगढी ।सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ।

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि मन्त्रालय बाँडफाँटदेखि सरकार गठनसम्मका विषयमा छलफल अघि बढाइएको छ। सहमतिअनुसार नयाँ सरकारको नेतृत्व नेपाल कम्युनिष्ट

पार्टीले गर्ने भएको छ भने संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिएका छन्।

सरकार गठनको अन्तिम तयारीका लागि भट्टसहित दुवै दलका प्रदेशस्तरीय नेताहरू काठमाडौंमा छन्। मन्त्रालयको जिम्मेवारी कसले लिने भन्ने विषय शीर्ष नेतृत्वको परामर्शपछि टुङ्ग्याइने बताइएको छ।

मन्त्रालयको भागबण्डा टुङ्गिएपछि मन्त्री चयन गर्ने जिम्मा सम्बन्धित दलले लिनेछ।

हालका मुख्यमन्त्री कमलबहादुर शाह गत ३१ असारदेखि अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्।

सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार कमजोर बनेको छ भने बजेटसमेत अन्योलमा परेको छ। यही परिस्थितिबीच नयाँ सत्ता समीकरण बनेपछि सरकार परिवर्तनको वातावरण तयार भएको हो।

खगराज भट्ट यसअघि पनि सुदूरपश्चिमको मुख्यमन्त्रीका बलिया दाबेदार मानिएका थिए।

२०७९ सालको निर्वाचनअघि नेपाली कांग्रेससँगको चुनावी गठबन्धनका साझा उम्मेदवारका रूपमा उनी डडेल्धुराबाट चुनाव लडेका थिए।

त्यतिबेला उनलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिए पनि निर्वाचनपछि बनेको नयाँ राजनीतिक समीकरणका कारण उनी नेतृत्वमा पुग्न सकेका थिएनन्।

निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुँदा भट्ट केही समय विनाविभागीय मन्त्री बनेका थिए।

त्यसपछि फेरिएको सत्ता समीकरणका कारण उनी सरकारमा निरन्तरता पाउन सकेनन्।

अहिले भने एमालेसँगको नयाँ सहमतिले उनलाई प्रदेश सरकारको नेतृत्वमा पुग्ने अवसर दिलाउने अवस्था सिर्जना गरेको छ।

दुई दलबीच मन्त्रालय बाँडफाँटको सहमति भएपछि मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने तयारी गरिएको छ।

भट्टले प्रदेशलाई लामो समय बजेटविहीन अवस्थामा राख्न नहुने भन्दै नयाँ सरकार गठनका लागि छिट्टै निकास निस्कने विश्वास व्यक्त गरेका छन्।

संविधानअनुसार समर्थन फिर्ता लिइएको मितिदेखि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ।

त्यसअघि नै राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न वर्तमान मुख्यमन्त्रीलाई आग्रह गरिने नेताहरूले बताएका छन्।

५१ सदस्यीय प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी र एमालेसँग सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत रहेको छ।

त्यसैले कुनै अप्रत्याशित राजनीतिक परिवर्तन नभए सुदूरपश्चिम प्रदेशले छिट्टै नयाँ मुख्यमन्त्री र नयाँ मन्त्रिपरिषद् पाउने सम्भावना बलियो बनेको छ।

  • खगराज भट्ट
बुधबार, साउन १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.