• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित

धनगढी ।सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ।

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि मन्त्रालय बाँडफाँटदेखि सरकार गठनसम्मका विषयमा छलफल अघि बढाइएको छ। सहमतिअनुसार नयाँ सरकारको नेतृत्व नेपाल कम्युनिष्ट

पार्टीले गर्ने भएको छ भने संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिएका छन्।

सरकार गठनको अन्तिम तयारीका लागि भट्टसहित दुवै दलका प्रदेशस्तरीय नेताहरू काठमाडौंमा छन्। मन्त्रालयको जिम्मेवारी कसले लिने भन्ने विषय शीर्ष नेतृत्वको परामर्शपछि टुङ्ग्याइने बताइएको छ।

मन्त्रालयको भागबण्डा टुङ्गिएपछि मन्त्री चयन गर्ने जिम्मा सम्बन्धित दलले लिनेछ।

हालका मुख्यमन्त्री कमलबहादुर शाह गत ३१ असारदेखि अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन्।

सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार कमजोर बनेको छ भने बजेटसमेत अन्योलमा परेको छ। यही परिस्थितिबीच नयाँ सत्ता समीकरण बनेपछि सरकार परिवर्तनको वातावरण तयार भएको हो।

खगराज भट्ट यसअघि पनि सुदूरपश्चिमको मुख्यमन्त्रीका बलिया दाबेदार मानिएका थिए।

२०७९ सालको निर्वाचनअघि नेपाली कांग्रेससँगको चुनावी गठबन्धनका साझा उम्मेदवारका रूपमा उनी डडेल्धुराबाट चुनाव लडेका थिए।

त्यतिबेला उनलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिए पनि निर्वाचनपछि बनेको नयाँ राजनीतिक समीकरणका कारण उनी नेतृत्वमा पुग्न सकेका थिएनन्।

निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुँदा भट्ट केही समय विनाविभागीय मन्त्री बनेका थिए।

त्यसपछि फेरिएको सत्ता समीकरणका कारण उनी सरकारमा निरन्तरता पाउन सकेनन्।

अहिले भने एमालेसँगको नयाँ सहमतिले उनलाई प्रदेश सरकारको नेतृत्वमा पुग्ने अवसर दिलाउने अवस्था सिर्जना गरेको छ।

दुई दलबीच मन्त्रालय बाँडफाँटको सहमति भएपछि मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने तयारी गरिएको छ।

भट्टले प्रदेशलाई लामो समय बजेटविहीन अवस्थामा राख्न नहुने भन्दै नयाँ सरकार गठनका लागि छिट्टै निकास निस्कने विश्वास व्यक्त गरेका छन्।

संविधानअनुसार समर्थन फिर्ता लिइएको मितिदेखि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने व्यवस्था छ।

त्यसअघि नै राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न वर्तमान मुख्यमन्त्रीलाई आग्रह गरिने नेताहरूले बताएका छन्।

५१ सदस्यीय प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी र एमालेसँग सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत रहेको छ।

त्यसैले कुनै अप्रत्याशित राजनीतिक परिवर्तन नभए सुदूरपश्चिम प्रदेशले छिट्टै नयाँ मुख्यमन्त्री र नयाँ मन्त्रिपरिषद् पाउने सम्भावना बलियो बनेको छ।

  • खगराज भट्ट
बुधबार, साउन १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.