• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

को हुन् मुख्यमन्त्री खगराज भट्ट ? यस्तो छ राजनीतिक यात्रा !

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित

धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सत्ता समीकरण फेरिएसँगै निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजिनामा दिएका थिए । नेकपा र एमालेको केन्द्रमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नेकपाले पाएको थियो । सोही अुनसार भट्ट मुख्यमन्त्री बनेका हुन् ।

को हुन् त नवनियुक्त मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री भट्ट सुदूरपश्चिमको राजनीतिमा लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता हुन् । किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका उनले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुगेका हुन् ।
प्रारम्भीक जीवन र राजनीतिक प्रवेश
खगराज भट्टको जन्म वि.सं. २०३१ पौष २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला सुपुत्रका रूपमा भएको हो । उनले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन् । उनको स्थायी घर अजयमेरु गाउँपालिका–४, चौडी, डडेल्धुरा हो ।

भट्टले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोडे । वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्दै उन औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका हुन् । वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका उनी सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बनेका थिए ।
विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म
राजनीतिक जीवनको प्रारम्भीक चरणमै भट्ट विद्यार्थी आन्दोलनमा सक्रिय भए । अखिल क्रान्तिकारीको संगठन विस्तार र सुदूरपश्चिममा विद्यार्थी राजनीतिको विकासमा उनले भूमिका निर्वाह गरेका थिए । विद्यार्थी संगठनको जिम्मेवारीसँगै पार्टी संगठनमा समेत सक्रिय रहँदै उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन निर्माण, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापनको अनुभव हासिल गरे ।
यस क्रममा डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा संगठनात्मक गतिविधि विस्तार गर्दै उनी क्रमशः जिल्ला तहबाट क्षेत्रीय र केन्द्रीय राजनीतिक जिम्मेवारीतर्फ अघि बढे ।
भूमिगत जीवन र जेल
वि.सं. २०५२ सालमा माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र हुँदै गएपछि भट्ट पनि पक्राउ परेका थिए । २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा बसे ।

जेलबाट मुक्त भएपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय भए । त्यसपछिको समय उनका लागि संगठन निर्माण, राजनीतिक सम्पर्क विस्तार र सुदूरपश्चिममा पार्टीको आधार बलियो बनाउने महत्वपूर्ण चरण बन्यो ।
जनयुद्धकालीन राजनीतिक जिम्मेवारी
माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हालेका थिए । कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै उनी क्षेत्रीय नेतृत्वमा स्थापित भए ।
वि.सं. २०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि उनले पार्टीको केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारीमा रहेर राजनीतिक तथा संगठनात्मक कामलाई निरन्तरता दिए । सुदूरपश्चिममा पार्टी संगठनको विस्तार र राजनीतिक आधार निर्माणमा उनको यो चरण विशेष रूपमा महत्वपूर्ण रह्यो ।
परिवारको राजनीतिक योगदान
भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित थिएन । उनको परिवार नै राजनीतिक परिवर्तन र क्रान्तिकारी आन्दोलनप्रति समर्पित परिवारका रूपमा चिनिँदै आएको छ । उनका दाजु जयराज भट्ट पनि राजनीतिक आन्दोलनमा सक्रिय रहेका थिए । जनयुद्धकालमै उनको शहादत भयो । भाइ उमेश भट्ट पनि भूमिगत बनेका थिए । उनको भाउजू नन्दादवी भट्ट जो सहिद परिवार पनि हुन । श्रीमती मञ्जु बम,भाइ बुहारी धर्मा बोहरा समेत पूर्णकालिन रुपमा भुमिगत हुन ।
शान्ति प्रक्रिया र संसदीय राजनीति
नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिक तथा संसदीय अभ्यासमा प्रवेश गरे । संविधानसभा तथा त्यसपछिका निर्वाचनमा उनी डडेल्धुराबाट उम्मेदवार बने । विशेषतः डडेल्धुरामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा भएको प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित गरायो ।
खुला राजनीतिमा प्रवेशपछि उनले संगठन निर्माणसँगै संसद्, संविधान निर्माण, लोकतान्त्रिक अभ्यास तथा प्रदेश र स्थानीय विकासका प्रश्नमा राजनीतिक भूमिका निर्वाह गर्दै आए ।
प्रदेश राजनीतिमा भूमिका
संघीय गणतान्त्रिक संरचनाको स्थापना भएपछि भट्टको राजनीतिक सक्रियता सुदूरपश्चिम प्रदेशमा थप केन्द्रित भयो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे ।
प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै प्रदेशको संस्थागत विकास, राजनीतिक संगठन र सुदूरपश्चिमका विकासका सवालमा उनी सक्रिय रहे । यस क्रममा उनी प्रदेश राजनीतिका प्रमुख नेतामध्ये स्थापित भए ।
प्रदेशसभा र संसदीय नेतृत्व
वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी सुदूरपश्चिम प्रदेशसभामा प्रवेश गरे ।
प्रदेशसभामा उनले सुदूरपश्चिमको विकास, सुशासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलस्रोत तथा पूर्वाधारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।
प्रदेशसभामा निर्वाचित भएपछि उनी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा पुगे । पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । भट्ट उक्त संसदीय दलको नेतृत्वमा हुन् ।

शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १७ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.