धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई शुक्रबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।
भट्टले नेकपा एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।














